पुरानो प्रवृतिलाई चिर्न मेरो उम्मेदवारी : डम्बर साहु  

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गएको छ । निर्वाचनको मिति नजिकिएसँगै उम्मेद्वारहरूले पनि आफ्नो प्रचार प्रसारको अभियानलाई तिब्रता दिएका छन् । यस पटकको निर्वाचन अलि रोचक हुने देखिएको छ । एकातिर दिग्जग पुराना अनुहार उम्मेदवार छन् भने अर्को तर्फ नयाँ अनुहार चुनावी मैदानमा छन् ।

ठूला दलहरूले एकछत्र राज जमाइरहेका स्थानमा उनीहरूलाई चुनौति दिँदै स्वतन्त्र उम्मेदवारहरू पनि प्रशस्तै देखिएका छन् । यस्तैमा काठमाडौं क्षेत्र नम्बर १ मा आसा बोकेका स्वतन्त्र उम्मेदवार डम्बर शाहु पनि चुनावि मैदानमा होमिनुभएको छ । उहाँ अहिले चुनावि प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ । काठमाडौं क्षेत्र नम्बर १ मा उहाँसँगै ३२ जना उम्मेदवार चुनावि मैदानमा छन् ।

नेपाली कांग्रेसले एकछत्र राज जमाएको काठमाडौं–१ मा उहाँ प्रकाशमान सिंहको बिरुद्धमा खडा हुनुभएको छ । यो अर्थमा उहाँलाई चुनौति धेरै रहेका छन् । तर पनि यो चुनावमा आफूले विजयी हासिल गर्ने दावी उहाँ गर्नुहुन्छ ।

काठमाडौं महानगरका मेयर बालेन साह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ र धनगढी उमहानगरको मेयरमा बाजी मार्नुभएका गोपाल हमाल (गोपी)लाई राजनीतिक वितृष्णा र द्वन्द्वले जन्माएको स्वतन्त्र नेतृत्व मानिन्छ । उहाँहरूको विजयीसँगै अहिलेको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूप्रति त्रेजसमेत बढेको छ । त्यस्तोमा लौरो चुनाव चिन्ह लिएर मैदानमा उत्रनुभएका शाहुसँग पनि जनताले निक्कै आशा गरेका छन् ।

डम्बर शाहु पुरानो प्रवृतिलाई चिर्न आफ्नो उम्मेदवारी रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पैसा खर्च गरेकै भरमा राजनीतिक दलबाट टिकट पाउने प्रबृति नेपालमा बढी देखिएको छ, पार्टीभित्र दशकौँको लगानी छ, पार्टीको लागि कति वर्ष जेलमा बसेको, टाउको फुटाएको, वा पारिवारिक विरासतको आधारमा मात्रै राजनीति हुँदै आएको छ । यस्तो प्रवृत्तिले राजनीतिमा सिन्डिकेट भएको छ । यसलाई ब्रेक लगाएर राम्रा र सक्षम युवाहरूले नेतृत्व गर्न पाउनुपर्छ भन्ने उद्देश्यले मैले उम्मेदवारी दिएको हुँ ।’

उहाँले आफ्नो चुनावि प्रसार सामाग्रीमै लेख्नुभएको छ, कुनै पनि देशमा कुनै पनि राजनीतिक दल वा सामाजिक÷राजनीतिक अभियान र त्यसको नेतृत्वको न्युनतम सिद्धान्त, उदेश्य, नैतिकता र जवाफदेहिता हुन्छ । तर, मेरो देश नेपालमा वर्तमान राजनीतिक दल र नेतृत्वसँग बोल्ने र लेख्नेबाहेक न सैद्धान्तिक÷राजनीतिक अडान छ न त नैतिकता र जवाफदेहिता छ । यसका लागि आधार तयार गर्नु अहिलेको प्रमुख कार्यभार हो, जसमा म प्रतिबद्ध छु ।

उहाँ भन्नुहुन्छ, ‘मैले लौरो लिएको हुँ । यो चुनाव चिन्हले अहिले स्वतन्त्रहरूलाई हेर्ने आम नजरमा परिवर्तन ल्याएको छ । लौरो एउटा ब्राण्ड बनेको छ ।’ लौरो भनेको इमान्दारिताको प्रति हो । लौरो भनेको स्वतन्त्रताको प्रतिक हो र लौरो भनेको विकासको प्रतिक हो भन्ने कुरा अब कसैलाई बुझाइरहन नपर्ने उहाँको भनाइ छ ।

गत स्थानीय निर्वाचनमा बालेन्द्र साह(बालेन)लाई चुनाव जिताउन सहयोग गरेको ‘स्वतन्त्र उम्मेदवारी अभियान’ को उहाँ संयोजक हुनुहुन्थ्यो । उक्त अभियानले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रणनीति बनाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो । स्वतन्त्र व्यक्ति पनि राजनीतिमा आउनुपर्छ भनेर प्रेरित गराउने, सम्बन्धित व्यक्ति वा संघ सस्थासँग समन्वय गराइदिने, उम्मेदवारी किन दिएको हो भनेर स्पष्ट पार्न थप सहयोग गर्ने अभियानको मुख्य काम थियो ।

निर्वाचन क्षेत्र १ मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेस नेता प्रकाशमान सिंहको उम्मेदवारी छ । तीन पटकसम्म निर्वाचन जितिसक्नुभएका सिंह योपटक पुनः जित्न चाहनुहुन्छ । उहाँलाई टक्कर दिन एमाले उम्मेदवार किरण पौडेल उभिनुभएको छ । अघिल्लो प्रतिनिधिसभाका प्रतिस्पर्धी राप्रपाका रविन्द्र मिश्र मैदानमा हुनुहुन्छ । स्वतन्त्रबाट पुकार बम, सुशाासन पार्टीबाट रमेश खरेल र स्वतन्त्र अभियान संयोजक डम्बर शाहु मैदानमा रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?