सानिमाका ग्राहकलाई फ्रन्टलाइनमा छुट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सानिमा बैंकले ग्राहकलाई डिजिटल बैंकिङका माध्यम प्रयोग गरी डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलसँग सम्झौता गरेको छ ।

सम्झौताअनुसार सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सानिमाका ग्राहकले ओपिडी/आइपिडी तथा बेडसम्बन्धी शुल्कमा १३ प्रतिशत, औषधिमा सात प्रतिशत र सर्जरीमा पाँच प्रतिशत छुट प्राप्त गर्न सक्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?