शेयर बजार झिनो अंकले ओरालो

Read Time = 1 min

काठमाडौं । शेयर बजार बिहीबार सामान्य ओरालो लागेको छ । नेप्से परिसूचको अनुसार १.३८ अंकले घटेर १ हजार ८ सय ४४ दशमलव १४ अंकको बिन्दुमा आएर रोकिएको छ । ‘क’ वर्गको सेन्सिटिभ इन्डेक्स मा ०.०९ अंकले वृद्धि भएर ३६.०५ अंकमा आएर रोकिएको छ ।

बिहीबार १५ लाख ४६ हजार ८५७ कित्ता शेयर किनबेच हुँदा ५० करोड ७६ लाख ८९ हजार ५६१ रुपैयाँको कारोबार भएको छ । बिहीबार १८३ कम्पनीको कारोबार हुँदा ९६ कम्पनीको मूल्य घट्दा ७८ कम्पनीको मूल्य वृद्धि भएको र १० कम्पनी स्थिर रहेको छ।

अभियान लघुवित्त संस्थाको ३ करोड ६९ लाख ५२ हजार बढीको कारोबार भएको छ । गरिमा विकास बैंकको २ करोड ६७ लाख ५४ हजार, एभरेष्ट बैंकको २ करोड ४९ लाख ५ हजारको कारोबार भएको छ ।

हाइड्रो पावरको १०.९ प्रतिशत ले बढेको छ । बिन्दवासिनी हाइड्रो पावर ४.३७ ले वृद्धि भएको छ । भने विसाल बजार कम्पनीको शेयर मूल्य ४.०४ ले वृद्धि भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?