भारतलाई पश्चिम सेती अध्ययन लाइसेन्स

Read Time = 1 min

काठमाडौं । सरकारले भारतीय कम्पनीलाई पश्चिम सेती जलविद्युत् आयोजनाको अध्ययन अनुमतिपत्र (लाइसेन्स) दिएको छ । लगानी बोर्ड नेपालले बिहीबार भारतीय सरकारी कम्पनी नेसनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपिसी) लाई लाइसेन्स प्रदान गरेको हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले एनएचपिसीका नायब महाप्रबन्धक अशोककुमार जोशीलाई लाइसेन्स हस्तान्तरण गर्नुभएको हो । उक्त कम्पनीले सात सय ५० मेगावाटको पश्चिम सेतीका लागि आवेदन दिएको थियो ।

बोर्डबाट लाइसेन्स पाएसँगै एनएचपिसीले आयोजनाबाट आर्थिक लाभ भए, नभएको, आयोजना निर्माण गर्दा लाग्ने लागत, वातावरणीय प्रभाव मूल्यांकन, आयोजनामा अधिकतम विद्युत् उत्पादन हुनसक्ने सम्भावनालगायतका विषयमा दुई वर्षसम्म अध्ययन गर्नेछ । गत जेठ २३ गते बसेको बोर्डको ५१ औं बैठकले पश्चिम सेती निर्माणको जिम्मा एनएचपिसीलाई दिने निर्णय गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?