राजनीति दुईदिनको अस्थाई जागिर होइन: पूर्वमुख्यमन्त्री शाही

हिमालय टाइम्स
Read Time = 3 mins

-मानबहादुर विश्वकर्मा

कालीकोट । कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजनीति दुई दिनको अस्थाई जागिर नभएको टिप्पणी गर्नुभएको छ । गृह जिल्ला कालीकोटमा घरदैलो कार्यक्रममा व्यस्त शाहीले राजनीतिलाई अस्थाई जागिर जस्तो नभई नमरुञ्जेल गरिने पेशाको रुपमा लिनुपर्ने बताउनु भएको हो ।

कालीकोटबाट प्रतिनिधि सभाका लागि गठबन्धनका साझा उम्मेदवार समेत रहनु भएका शाहीले सडक पुर्वाधारको स्तरोन्नती, बिजुली, शिक्षा र युवा स्वरोजगार आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो ,‘ चुनावजित्ने भनेकै केही विकास र परिवर्तन गर्नका लागि हो । भोली पदमा रहेपनि नरहे पनि, जनप्रतिनिधि भएपनि नभएपनि नमरुञ्जेलसम्म गरिने पेशा नै राजनीतिहो ।’

उहाँले जनतामा भ्रम फैलाएर चुनाव जित्ने काम आफूबाट नहुने बताउनुभयो । ‘हामी जे कुरा सम्भव छ त्यो कुरा मात्रै भन्छौं र गर्छौँ पनि’ उहाँले भन्नुभयो ‘०७० सालमा मैले चुनावमा प्रतिबद्धता गरेका अधिकांश कुराहरु कार्यान्वयन भइसकेका छन् ।’

आफू मुख्यमन्त्री हुँदा कालीकोटमा विद्युत पुर्‍याउन निकै जोड गरेको बताउँदै उहाँले अबको केहीबर्ष भित्र कालीकोटका गाउँ बस्ती पूर्ण रुपमा विद्युतिकरण गरिसक्ने लक्ष्य लिइएको बताउनुभयो । उहाँले सडकको ट्रयाक ओपन धेरै ठाउँमा भएकाले मुख्य राजमार्गदेखि गाउँजोड्ने सडकलाई कालोपत्रे गर्नेमा जोड दिइने बताउनुभयो । अबको एक बर्षभित्र सुनथराली विमानस्थल सञ्चालन गर्नेदेखि मान्म-कोटबाडा केवलकार निर्माण गर्ने पूर्वमुख्यमन्त्री शाहीलेआफ्नो चुनावी प्रतिबद्धतामा उल्लेख गर्नुभएको छ । साथै उहाँले आसन्ननिर्वाचन पछि कर्णाली सरकार पनि गठबन्धनकै बन्ने दाबीसमेत गर्नुभयो । ‘माओवादी-कांग्रेस जस्ता ठुला पार्टी मिलेको अबस्थामा पराजितहुने भन्ने कुरा नै हुँदैन्,’उहाँ भन्नुुहुँन्छ।

माओवादी नेता शाहीसँग यो पटक नेकपा एमालेका नगेन्द्र शाही ‘नेशनल’ चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । माओवादीको प्रभाव रहेको कालीकोटमा व्यक्तिगत रुपमा शाही बलियो भएपनिउहाँका विरुद्ध माओवादीकै काशिचन्द्र बरालले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ जसले गर्दा शाहीलाई थपचुनौती बढेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?