खेलाडीलाई एनआरएनएको सम्मान

Read Time = 2 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडी विधाका स्वर्ण पदक विजेताद्वय एस्ली सापकोटा र आशिष सापकोटा डंगोलको सम्मानमा एक कार्यक्रम आयोजना गरेको छ । विजेताहरूलाई प्रमाणपत्र तथा फूलगुच्छामार्फत् एनआरएनएका अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युवा उपाध्यक्षद्वय रोशन थापा र राज रेग्मी तथा महिला सचिव राधिका गुरुङले स्वागत गर्नुभएको थियो ।

साथै विजेता खेलाडीका आमा र कोचलाई पनि सम्मान गरिएको थियो । गण्डकी प्रदेशको पोखरामा आयोजित ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आयोजना भएको पौडी प्रतियोगितामा एस्ली सापकोटाले छ स्वर्ण र आशिष सापकोटा डंगोलले तीन स्वर्ण पदक प्राप्त गर्नुभएको छ । विजेताद्वयले संघतर्फबाट प्रतियोगितामा भाग लिन पाएकोमा गर्व महसुस गर्दै संघप्रति धन्यवाद प्रकट गर्नुभएको थियो ।

सो अवसरमा एनआरएनएका अध्यक्ष डा. केसीले आगामी प्रतियोगितामा विदेशमा रहेका दोस्रो पुस्ताका ट्यालेन्टेड युवालाई खोजेर सहभागी गराई नेपालको खेलकुद प्रवद्र्धनमा सहयोग गर्ने बताउनुभयो । साथै उहाँले सम्मानित खेलाडीलाई आगामी ओलम्पिकमा पनि नेपालतर्फबाट सहभागिताका लागि शुभकामना दिनुभएको एनआरएनएले जनाएको छ । कार्यक्रममा एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक पारसमणि पोखरेल, एनसिसी थाइल्याण्डका अध्यक्ष भविन्द्रबहादुर बस्नेतको उपस्थिति रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?