टेलिकमको रिचार्ज बोनस अफर

Read Time = 2 mins

काठमाडौं । नेपाल टेलिकमले चाडपर्वलाई लक्षित गरी उपलब्ध गराउने विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज बोनस अफर ल्याएको छ । कम्पनीले नेपालीहरूको महान् पर्वहरू तिहार, छठ तथा म्हपूजाका अवसरमा विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको चाडपर्व अफर उपलब्ध गराएको छ । अफर कात्तिक १५ गतेसम्म उपलब्ध हुनेछ ।

डाटा प्याकअन्तर्गत दुई सय ९४ रुपैयाँमा २० जिबी डाटा १० दिनभित्र र ९८ मा छ जिबी डाटा तीन दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबिपिएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ मा उपलब्ध हुनेछ ।

अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत् रिचार्ज गर्दा बोनसका रूपमा डाटा प्याक उपलब्ध हुनेछ । दुई सय रुपैयाँदेखि चार सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने पाँच सय एमबी र पाँच सयभन्दा बढीको रिचार्जमा चार दिनभित्र प्रयोग गर्न सकिने एक हजार २४ एमबी डाटा प्याक उपलब्ध हुनेछ ।

त्यसैगरी पहिलोपटक भोल्टी सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने दुई सय मिनेटको निःशुल्क भोल्टी सेवा पनि उपलब्ध हुने कम्पनीका शोभन अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?