यमपञ्चकमा पञ्च पूजा र तिहार

Read Time = 15 mins

✍️ तोयराज नेपाल

कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक अथवा तिहार पर्व भनिन्छ । कात्तिक कृष्ण द्वादशीका दिनलाई गोवत्सद्वादशी भनिन्छ । त्यस दिन बाच्छासमेत भएका गाईको पूजा गरिन्छ र ताँवाको अघ्र्यपात्रद्वारा गाईलाई अघ्र्य दिइन्छ । गाईलाई अघ्र्य दिने विशेष छुट्टै मन्त्र यस प्रकार छ-
क्षीरोदार्णवसम्भूते सुरासुरनमस्कृते ।
सर्वदेवमये मातर्गृहाणाघ्र्यं नमोस्तुऽते ।।
त्यसै दिन यदि साँझमा त्रययोदशीको घडी पर्‍यो भने अपमृत्युविनाशार्थ घरका बाहिर यमराजलाई दीपदान गर्नुपर्दछ वा बत्ती बाल्नुपर्दछ । यमराजलाई दीपदान गर्ने मन्त्र यस प्रकार छ-
मृत्युना पाशदण्डाभ्यां कालेन श्यामया सह । त्रयोदश्यां दीपदानात् सूर्यजः प्रीयतां मम ।। (यसपालि द्वादशीकै दिन कात्तिक ५ गते बेलुका त्रयोदशीको घडी परेको हुँदा त्यसै दिन यमराजलाई दीपदान गर्नुपर्दछ ।) यस दिनदेखि पाँच दिनसम्म साँझमा देवता, ब्राहृमण, गाई, घोडा, ज्येष्ठ एवं श्रेष्ठ मानिस, कनिष्ठ मानिस, आमादेखि लिएर मान्य महिला दिदीबहिनी र सबै मानिसहरूलाई नीराजन बत्ती बालेर आरती गर्नुपर्दछ ।

तेस्रो दिन कात्तिककृष्ण औंसीका दिन बेलुका लक्ष्मीपूजा गर्नु पर्दछ, दीपमालिका गर्नुपर्दछ । जुन दिन सूर्यास्तपछि एक घडीभन्दा बढी औँसी पर्दछ, त्यसै दिन लक्ष्मीपूजा गर्नु पर्दछ । चौथो दिन कात्तिकशुक्ल प्रतिपदाका दिन गोपूजा, बलिपूजा र गोवर्धनपूजा गर्नु पर्दछ ।

यम पञ्चकका पाँच दिनमध्ये पहिलो दिनलाई काकतिहार भनिन्छ । यस दिन कागलाई बलि, भोजन दिनुपर्दछ । मन्त्र यसप्रकार छ- ऐन्द्रवारुणवायव्यां याम्यां वै नैर्ऋतास्तथा । वयसाः प्रतिगृह्णन्तु मया दत्तं बलिं त्विमम् ।।

दोस्रो दिन चतुर्दशीका दिन सूर्याेदयपूर्व तेल लगाएर स्नान गर्नुपर्दछ । स्नान गर्ने बेलामा अपामार्ग टाउकामा घुमाउनुपर्दछ । तेल लगाएर स्नान गर्ने कुरा चतुर्दशी, औसी र प्रतिपदाका दिन पनि गर्नुपर्दछ । चतुर्दशीका दिन स्नानपछि चतुर्दश यमलाई दक्षिण तिर फर्किएर देवतीर्थले (माझी औलाका टुप्पाबाट) वा पितृतीर्थले (बुढीऔंलाका फेदबाट) तिलयुक्त तर्पण गर्नुपर्दछ । सव्यले अथवा अपसव्यले जसरी गरे पनि हुन्छ । यो तर्पण पितामाता हुनेले पनि सव्यभएर यव-(जौ)युक्त तर्पण गर्नु नै पर्दछ । प्रत्येक यमलाई तीन-तीनपटक तर्पण गर्नुपर्दछ ।

मन्त्र यस प्रकार छ- ॐ यमाय नमः-३, ॐ धर्मराजाय नमः-३, ॐ मृयवे नमः३, ॐ अन्तकाय नमः ३, ॐ वैवस्वताय नमः३ , ॐ कालाय नमः३, ॐ सर्वभूतक्षयाय नमः ३, ॐ औदुम्बराय नमः३ , ॐ दध्नाय नमः ३, ॐ नीलाय नमः ३, ॐ परमेष्ठिने नमः३, ॐ वृकोदराय नमः ३, ॐ चित्राय नमः ३, ॐ चित्रगुप्ताय नमः ३, इति ।। (यो यमतर्पण चतुर्दशीका दिनदेखि तीन दिनसम्म गर्नुपर्दछ ।) चतुर्दशीका दिन बिहान चारतिर बत्ती राखेर दीपदान अर्थात् बत्ती बाल्ने काम गर्नुपर्दछ । मन्त्र यस प्रकार छ-
दत्तो दीपश्चतुर्दशस्यां नरकप्रीतये मया । चतुर्वर्तिसमायुक्तः सर्वपापापनुत्तये ।। यस दिन कुकुरको पूजा गरी बलि, भोजन गराउनुपर्दछ ।

बलिदानमन्त्र:-
द्वौ श्वानौ श्यामशवलौ वैवस्वतकुलोद्भवौ । ताभ्यामन्नं प्रयच्छामि रक्षेतां पथि सर्वदा ।। यस दिन माषका पात खानुपर्दछ । मन्त्र:- नुद सर्वाणि पापानि नरकादर्शनं कुरु । प्राश्नामि तव पत्राणि माष देहि यशो बलम् ।। यस दिनदेखि तीन दिनसम्म साँझमा मन्दिर, मठ, बघैँचा आदि सबै तिर दीपमालिका गर्नुपर्दछ र बत्ती बाल्नुपर्दछ । चतुर्दशीका दिन साझमा हातमा राँको लिएर पितृहरूलाई मार्ग दर्शन गराउनुपर्दछ ।

अग्निदग्धाश्च ये जीवा येप्यदग्धा कुले ममः। उज्ज्वलज्योतिषा दग्धास्ते यान्तु परमां गतिम् ।। यमलोकं परित्यज्य आगता ये महालये । उज्ज्वलज्योतिषा वर्त्म प्रपश्यन्तु व्रजन्तु ते ।। तेस्रो दिन कात्तिककृष्ण औंसीका दिन बेलुका लक्ष्मीपूजा गर्नु पर्दछ, दीपमालिका गर्नुपर्दछ । जुन दिन सूर्यास्तपछि एक घडीभन्दा बढी औँसी पर्दछ, त्यसै दिन लक्ष्मीपूजा गर्नु पर्दछ । चौथो दिन कात्तिकशुक्ल प्रतिपदाका दिन गोपूजा, बलिपूजा र गोवर्धनपूजा गर्नु पर्दछ । यदि दश मुहूर्त अर्थात् २० घडी सम्म प्रतिपदा भए त्यसै दिन बलिपूजा र गोपूजा गर्नू, १० मुहूर्तभन्दा घटी प्रतिपदा भए औँसीकै दिन गर्नू । गोवर्धन पूजा भने उदयव्यापी प्रतिपदामा गर्नुपर्ने हुँदा प्रतिपदाकै दिन गर्नुपर्दछ । गोपूजन मन्त्र यस प्रकार छ :
लक्ष्मीर्या लोकपालानां धेनुरूपेण संस्थिता ।
घृतं वहति यज्ञार्थे मम पापं व्यपोहतु ।।

बलिपूजामन्त्रः
बलिराज नमस्तुभ्यं दैत्यदानववन्दितः । इन्द्रशत्रोक मराराते विष्णुसान्निध्यदो भव ।। गोवर्धनपूजा मन्त्रः-गोवर्धन धराधार गोकुलत्राणकारक । कृष्णबाहुकृतच्छाय गवां कोटिप्रदो भव ।। इति ।। यस प्रतिपदाका दिन बिहान जुवा खेल्ने पनि विधान छ ।
पाँचौँ दिन कात्तिकशुक्ल द्वितीयालाई यमद्वितीया अथवा भइटीका भनिन्छ । यो पर्व अपराहृन व्यापी गर्नुपर्दछ । प्रतिपदाका दिन अपराहृनकालमा द्वितीया भए प्रतिपदाकै दिन भाइटीका लगाउनुपर्दछ । यस दिन यमराज र यमुनाको पूजा गर्नुपर्दछ । यमराजको पूजागर्ने मन्त्र यसप्रकार छ-
धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज । पाहि मां किङ्करैः सार्धं सूर्यपूत्र नमोक्स्तु ते ।। साथै मर्कण्डेय आदि अष्टचिरञ्जीवीहरूको पूजा गरेर दिदी बहिनीले दाजुभाइको र दाजुभाइले दिदीबहिनीको समेत पूजा गर्नुपर्दछ । दिदीबहिनीहरूलाई वस्त्र, अलंकार र दक्षिणाहरू दिनुपर्दछ । प्रसादस्वरूप टीका लगाउनुपर्दछ र दिदी बहिनीका घरमा अथवा दिदीबहिनीले दिएको भोजन गर्नुपर्दछ ।

पहिले कुनै समयमा यमराजकी बहिनी यमुनाले दाजु यमराजलाई निमन्त्रणा गरेपछि यमराज बहिनीका घरमा गएर यिनै पाँच दिनसम्म बसेर बहिनीको सत्कार ग्रहण गरी आफूले पनि बहिनीलाई सत्कार गरेका हुँदा त्यसैवेलादेखि यो पर्व चलेको हो । यसपर्वमा देउसी र भैलो खेलेर बडो रमाइलो उत्सव मनाइन्छ ।

दीपावली लक्ष्मीपूजा र गोपूजाका सम्बन्धमा
अथ अमायां दीपदानलक्ष्मीपूजनादि (दीपावली)
अथाश्विनामावास्यायां प्रातरभ्यङ्गः प्रदोषे दीपदान लक्ष्मी पूजनादिविहितम् । तत्र सूर्योदयं व्याप्यास्तोत्तरं घटिकाधिकरात्रिव्यापिनि दर्शे सति न सन्देहः । ...
तथा च परदिने एव दिनद्वये वा प्रदोषव्याप्तौ परा । पूर्वत्रैव प्रदोषव्याप्तौ लक्ष्मीपूजादौ पूर्वा अभ्यङ्गस्नानादौ परा । ध.सि. सुधा- २१४, २१५
अमान्तमानले आश्विनकृष्ण अमावस्या मानिने कात्तिककृष्ण अमावस्याका दिन प्रदोषसमयमा दीपमालिका लक्ष्मी पूजनादि गर्नुपर्दछ ।
सूर्योदयदेखि लिएर सूर्यास्तपछि एक घडीसम्म औंसी तिथि भएमा त्यस दिन लक्ष्मीपूजादि गर्ने कुरामा कुनै सन्देह नै रहेन । त्यसै दिन गर्नुपर्दछ । दुई दिन प्रदोष व्याप्त भएमा भोलिपल्ट गर्नुपर्दछ । पूर्वदिनमा नै प्रदोषकालमा अमावस्या भएमा पहिलादिनमा नै गर्नुपर्दछ । यसपालि अमावस्या तिथि २५/५७ घडी (४/३३ बजे) सम्म छ । सूर्यास्त ५/२४ बजे हुन्छ । त्यसकारण त्यस दिन प्रदोष समयमा अमावस्या तिथि नभएका कारण लक्ष्मीपूजा गर्न मिलेन ।

गोपूजन भन्नाले गााईगोरु दुवैको पूजा भन्ने अर्थ हुन्छ । तर गाई पूजा अघिल्ला दिनमा गरेर भोलिपल्ट गोरु पूजा गर्ने गरेको पाइन्छ, त्यसको कुनै प्रमाण पाइँदैन । कसरी यस्तो परम्परा बसेको होला ?

चतुर्दशी तिथि २७/१५ घडी (५/४ बजे) सम्म छ, त्यसपछि अमावस्या तिथि लाग्दछ । सूर्यास्त ५/२४ बजे हुन्छ । त्यसकारण प्रदोषसमयमा मात्र न भएर सूर्यास्त हुनुभन्दा २० मिनेट अगाडिदेखि अमावस्यातिथि लागेर रातभर नै हुनेहुँदा चतुर्दशीका दिनमा नै दीपावली लक्ष्मीपूजा गर्नुपर्ने कुरामा कुनै शंका रहेन ।

अस्यां प्रतिपदि बलिपूजा, दीपोत्सवो गोक्रीडनं गोवर्धनपूजा मार्गपालीबन्धनम्... द्यूतं नारीकर्तृकनीराजनम् चेत्यादीनि कृत्यानि । कार्तिकस्य सिते पक्षे प्रतिपच्छुभवासरे । हस्तस्वातौ च एतेषु गोपूजा शुभदा सदा ।।
ध.सि.सुधा-२१६
कात्तिकशुक्ल प्रतिपदामा बलिपूजा दीपावली गोपूजन गोवर्धनपूजा, मार्गपाली बाटामाा गेट बनाउनेकाम, जुवाखेल्ने, नारीद्वारा नीराजन गर्ने काम गर्नुपर्दछ । तर द्वितीयाविद्धा प्रतिपदामा भने गोपूजन गर्नु हुँदैन । किनकि...
प्रतिपद्दर्शसंयोगे क्रीडनं तु गवां मतम् । परविद्धेषु यः कुर्यात् पुत्रदारधनक्षयः ।। (तत्रैव–२१६)
द्वितीयाविद्धामा गर्दा पुत्र पत्नी र धनादिको नाश हुन्छ भनिएको छ । या कुहूः प्रतिपन्मिश्रा तत्र गाः पूजयेन्नृप । पूजनात् त्रीणि वर्धन्ते प्रजा गावो महीपतिः ।। ध.सि.सुधा-२१६
प्रतिपदासँग संयुक्त भएका अमावस्यामा गाईको पूजा गर्नुपर्दछ । जसले गर्दा प्रजाको, गाईको, राजा वा शासकको पनि वृद्धि उन्नति हुन्छ । भनिएको हुँदा यसपालि औंसीका दिन ४/३३ बजेदेखि प्रतिपदा लाग्ने औंसीसँग प्रतिपदा मिसिएको हुँदा औंसीका दिनमा नै गाई पूजा गर्नुपर्दछ । औंसीका दिनमा ग्रहण लाग्ने भए पनि गोपूजन गर्न निषेध छैन, गर्न हुन्छ । गोशब्दले गाई र गोरु दुवैलाई लिइन्छ ।

गोपूजन भन्नाले गााईगोरु दुवैको पूजा भन्ने अर्थ हुन्छ । तर गाई पूजा अघिल्ला दिनमा गरेर भोलिपल्ट गोरु पूजा गर्ने गरेको पाइन्छ, त्यसको कुनै प्रमाण पाइँदैन । कसरी यस्तो परम्परा बसेको होला ? यसै परम्पराका आधारमा होला पञ्चाङ्ममा पनि गाई पूजा र गोरुपूजा अलग-अलग दिनमा लेखिएको पाइयो । यसबारे विद्वज्जनबाट शास्त्रीय प्रमाण उपलब्ध गराउनुभएमा आभार व्यक्त गर्ने थिएँ । ॐ हरये नमः ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?