तिहार गीत ‘डाडा घरे दाई’को टिकटक डान्स प्रतियोगिता

Read Time = 2 mins

काठमाडौं । तिहार गीत ‘डाडा घरे दाई’को टिकटक डान्स प्रतियोगिता घोषणा गरिएको छ । अगोम गुरुङको शब्द/सङ्गीत, कुन्ती मोक्तानको स्वर र शिलाबहादुर मोक्तानको एरेञ्ज रहेको तिहार गीत ‘डाडा घरे दाई’को टिकटक डान्स प्रतियोगिता घोषणा गरिएको हो । प्रतियोगितामा प्रथमहुनेलाई ३५, दोस्रो हुनेलाई २५ र तेस्रोलाई २० हजार नगद पुरस्कारको घोषणा गरिएको छ ।

कार्यक्रममा सहभागीले अगोम गुरुङको अफिसियल युट्यव च्यानलबाट भिडियो डाउनलोड गरेर टिकटक बनाउनुपर्ने छ । यसका लागि सम्पादन गरेको भिडियो मान्य नुहुने, लाइभ भिडियो हुनुपर्ने छ । यसमा जसको सबैभन्दा बढी शेयर, भ्युजका साथै अभिनय र नृत्यलाई प्राथमिकता दिइने बताइएको छ । प्रतियोगिले शिब कैलाश कला मन्दिरको अफिसियल टिक टक एकाउन्टमा मेन्सन गर्नुपर्ने छ ।

यसको निर्णायक समितिमा वरिष्ट नृत्य निर्देशक/लोक गायक तथा सङ्गीतकार ईन्द्र गुरुङ, मोडल तथा काेरियोग्राफर बेदबहादुर बुढाथोकी (रोशन), सञ्चारकर्मी गीता अधिकारी रहनुभएको छ । यसको संयोजकमा निर्देशक तथा कोरियोग्राफर नारायण रिजाल रहनुभएको छ ।

कात्तिक २६ गते शनिबार एक विशेष कार्यक्रमबीच विजेतालाई नगद र प्रमाणपत्र दिइने संयोजक रिजालले जानकारी गराउनुभयो । यही कात्तिक २३ गते विजेता घोषणा गरिने रिजालले बताउनुभयो । प्रतियोगिले आवश्यक जानकारीका लागि ९८२५६४८१२१ मा सम्पर्क गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?