झिनियाँ उत्पादनमा बृद्धि

Read Time = 3 mins

गुल्मी । गुल्मीमा करोडौं रुपियाँका झिनियाँ रोटी उत्पादन हुँदै आएको छ । यस जिल्लाकै पुरानो व्यापारिक केन्द्रका रुपमा परिचित मुसिकोट नगरपालिकाको वामीटक्सारमा वार्षिक झण्डै ५० लाख रुपियाँ बराबरको झिनियाँ रोटी उत्पादन हुँदै आएको हो ।

त्यहाँ रहेका नेवार समुदायले झिनियाँ रोटी व्यवसायिक रुपमा उत्पादन गर्दै आएका छन् । करिब एक सय घरधुरी नेवार समुदाय रहेका वामीटक्सारमा झण्डै ८० प्रतिशतले झिनियाँ रोटी बनाउने गरेका छन् । नेवार समुदाय मात्र होईन, अन्य समुदाय पनि झिनियाँ रोटीको व्यवसायिक उत्पादनमा आकर्षित देखिन्छन् ।

अन्य समुदाय सहित करिब ५० घरधुरी नेवार समुदायले झिनियाँ रोटी उत्पादन गर्दै आएका हुन् । वामीटक्सार बजारका सुशान्त शाक्यले एउटै सिजन तिहारमा मात्रै करिब दुई लाख बराबरको झिनियाँ रोटी उत्पादनमा लाग्नुभएको छ । त्यहाँ, सबैभन्दा बढि झिनियाँ रोटीको कारोबार गर्ने विष्णुमति श्रेष्ठ हुनुहुन्छ । उहाँले झिनियाँ रोटीको कारोबारबाटै आफ्ना छोराछारीहरुलाई पढाउने देखि सडक छेउमै पक्की घर समेत ठडाउनु भएको छ । उहाँले चार जनालाई रोजगारी समेत दिनुभएको छ । झिनियाँ रोटी मूलतः हिन्दु नेपालीहरुको महान पर्व तिहारमा धेरै माग हुने गर्दछ । यहि सिजनमा मात्र करिब ६ लाख सम्म आम्दानी हुने गरेको बताउँदै माग थेग्न नसकिएको जानकारी दिनुभयो ।

उहाँहरु त झिनियाँ रोटीको व्यवसायिक उत्पादन गर्ने उदाहरणीय पात्र हो । त्यहाँ रहेका थुप्रैले झिनियाँ रोटी उत्पादन गरी वर्षेनी लाखौं आम्दानी गर्दै आउनुभएको छ । वामीटक्सारमा मात्र हेईन्, सदरमुकाम तम्घासको पुरानो बजार र बाघमारेका नेवार समुदायले पनि सदियौं देखि झिनियाँको व्यवसायिक उत्पादन गर्दै आउनुभएको छ ।

सदरमुकाम बाहिर वामीटक्सारसँगै पुराना व्यापारिक केन्द्रहरु रिडी, जोहाङ्ग खैरेनी, शान्तीपुर, पुर्तिघाट, बलेटक्सार, रानीबास, धुर्कोटबस्तु लगायतका स्थानमा उत्पादन हुने झिनियाँ रोटीको व्यापारबाट यस जिल्लामा करोडौं आम्दानी हुने गरेको छ । यद्यपी, त्यसको लेखाजोखा र उत्पादन वृद्धिमा स्थानीय सरकारले विशेष चासो दिनुपर्ने देखिन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?