नेपाल इको प्यानलको जनरल म्यानेजरमा गोसाई

हिमालय टाइम्स
Read Time = 2 mins

भक्तपुर । भक्तपुरका विक्रम गोसाई नेपाल इको प्यानलको जनरल म्यानेजरमा नियुक्त हुनुभएको छ । नवनियुक्त म्यानेजर गोसाईलाई नेपाल इको प्यानलका सञ्चालकद्धय इन्जिनियर सुवोध त्रिपाठी र इन्जिनियर कृष्णभक्त दुवालले संयुक्त रुपमा स्वागत गर्नुभयो ।

त्यस अवसरमा उहाँहरू दुवैले नवनियुक्त जनरल म्यानेजर गोसाईबाट उर्जा किफायती तथा वातावरणमैत्री निर्माण सामग्रीको आफूहरूको अभियानमा थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

दुवैजना इन्जिनियर झण्डै साढे एक दशक (१५ वर्ष) देखि ऊर्जा किफायती एवं वातावरणमैत्री निर्माण सामग्री प्रयोगको अभियानमा छन् ।

नवनियुक्त गोसाई ख्वप कलेज भक्तपुरका पूर्वविद्यार्थी हुनुहुन्छ । नेपाल इको प्यानलको कर्पोरेट कार्यालय भक्तपुर नगरपालिका १ सल्लाघारी (डा. इवामुरा अस्पतालको अपोजिट) मा रहेको छ ।

यसको कारखाना भने भक्तपुरकै चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको छ । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?