राजेन्द्र लिङ्देनलाई जिताउनु एमालेको इज्जत हो : अध्यक्ष ओली

फाईल फाेटाे

Read Time = 1 min

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट माग्नु भएको छ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा ३ बाट उम्मेदवारी दिनुभएका लिङ्देनका लागि ओलीले भोट माग्नुभएको हो । शुक्रबार झापा–३ मा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले लिङ्देनका लागि भोट माग्नु भयो ।

उहाले एमालेको इज्जतका लागि भए पनि झापा ३ बाट लिङ्देनलाई विजयी गराउनुपर्ने बताउनु भयो । देशद्रोहीलाई रोक्न हलोमा भोट हाल्न पर्ने बताउनु भएको ओलीले विशेषगरी सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्नुपर्ने बताउनु भयो ।

आफ्ना नेता कार्यकर्तालाई एमालेले समर्थन गरेका उम्मेदवारलाई जिताउनुपर्ने भन्दै भोट दिन निर्देशन दिनु भएका उहाले यसपटक राप्रपा राष्ट्रिय पार्टी बन्नेसमेत दाबी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?