रुसी सेनामा कार्यरत तीन नेपालीको तीन साताअघि युक्रेनी भूमिमा मृत्यु भएको समाचारले जो कोही नेपालीलाई पनि विचलित तुल्याएको छ । रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्धको लडाइँमा गएका अर्का एक नेपालीको गत असार २९ मा ज्यान गएको थियो । जेठमा मारिएका थपलिया थरका एकजना नेपाली युवाको शवलाई रुसले नेपाल सरकारलाई सुम्पन अस्वीकार गरी इभानोमोको नाभोतालिस्टीस्थित चिहानमा समाधिस्थ गरेको थियो । थरको हिसाबले ती युवा ब्राहृमण अथवा क्षेत्री हुनुपर्दछ । अध्ययन वा अन्य कुनै बाहनामा रुस पुगेपछि त्यहाँका सेनामा भर्ती भएर युद्धमा होमिएका नेपाली युवाको संख्या कति छ, अवस्था के छ भन्ने बारेमा आधिकारिक विवरण नेपाल सरकारसँग छैन । राम्रो कमाइको रूपमा रुसी सेनामा भर्ती भएका नेपाली युवा थुप्रै रहेको अनुमान छ ।
इराकमा होस् वा अफगानिस्तान, हालै इजरायलमा पनि सबै ठूला युद्धमा नेपालीले ज्यान गुमाइरहेका छन् । केही रुसको विद्रोही सेनामा पनि नेपाली युवा सहभागी भएका थिए र रुसी सेनाबाट मारिएका थिए । केही नेपाली युवा युक्रेनको पक्षमा लड्ने घोषणा सामाजिक सञ्जालमार्फत गरेका थिए । जबकि ती युद्धसँग नेपालको कही कुनै साइनो छैन । ती देशहरूसित नेपालको कुनै वैधानिक सैन्य सम्झौता भएको छैन । भारतीय सेनामा नेपाली युवाको भर्तीलाई राष्ट्रिय सर्मको संज्ञा दिने नेपालको वामपन्थी राजनीतिज्ञहरू, वामविश्लेषकहरू र स्वघोषित राष्ट्रवादीहरूले भारतीय सेनामा नेपाली युवाको भर्तीलाई रोक लगाउन त सफल भएका छन् तर उपरोक्त ठाउँका युद्ध र भीडन्तमा मारिएका युवाहरूप्रति तिनको आँखामा आँसु छ कि छैन ?
सरकार तहको सम्झौता र समझदारीमा बेलायती र भातीय सेनामा नेपाली युवा भर्ना हुँदै आएका छन् । विगत डेढ दुई वर्षदेखि भारत सरकारले आफ्नो सेनामा भर्तीको प्रक्रियामा परिवर्तन ल्याएपछि नेपाली युवाको भर्तीबारे नेपाल सरकारले निर्णय गर्न नसकेका कारण नेपाली युवाको भर्ती रोकिएको छ ।
युद्धमै नेपाल सरकारको आधिकारिक सम्झौता र स्वीकृतिविना अवैध रूपमा विदेशी सेनामा सामेल हुनु एक किसिमले अपराध हो । यस्ता सेवाले युद्धमा ज्यान गुमाएमा पनि तिनको वीरता र शहादतको कदर हुँदैन । आखिर रुसका लागि लडेका युवाको सदगति हिन्दु धर्मको मान्यतानुसार नहुनु दुर्भाग्यपूर्ण हो । यस अवस्थाको जिम्मेवारी कसले लिने ?
सरकार तहको सम्झौता, समझदारीमा बेलायती र भातीय सेनामा नेपाली युवा भर्ना हुँदै आएका छन् । विगत डेढ दुई वर्षदेखि भारत सरकारले आफ्नो सेनामा भर्तीको प्रक्रियामा परिवर्तन ल्याएपछि नेपाली युवाको भर्तीबारे नेपाल सरकारले निर्णय गर्न नसकेले नेपाली युवाको भर्ती रोकिएको छ । त्यहाँ एक वर्षमा दुईपटक सेनाको भर्ती हुने गर्दछ । प्रत्येक भर्तीमा भरसक चार हजार गोरखा भर्ती लिने गरिन्छ ।
नेपाली युवाहरू भर्ती हुन नचाहेमा भारतले, भारतीय गोरखालाई भर्ती गरी सो कमीलाई पूरा गर्ने मानसिकता बनाएको छ । भारतीय गोरखाहरू सुरुदेखि नै नेपाली गोरखाको भर्तीको विरोध गर्दै आफूहरू पनि नेपाली गोरखा जति नै बलियो, लडाकु र सिपालु भएका कारण नेपाली गोरखा भर्तीले औचित्य नरहेको भन्दै नेपाली गोरखा भर्तीको विरोध गर्दै आएका छन् ।
अर्कोतिर नेपालमा वामपन्थी मानसिकताका कतिपय यस्ता व्यक्ति र बुद्धिजीवीहरू छन् जो भारतीय सेनामा नेपाली युवाको भर्तीको विरोध गर्दै आएका छन् । यस्ता व्यक्तिहरूसित पक्कै वर्षेनी आठ हजार नेपाली युवालाई रोजगार दिने वैकल्पिक उपाय नहुन सक्दछ । बनाउनमा कठिन हुन्छ तर बिगार्नमा त सबैलाई महारत नै हासिल भएको हुन्छ । भारतीय सेनामा गोरखा भर्तीलाई राष्ट्रिय शर्मको विषय बताउनेहरू रुसी, युक्रेनी, इराकी र अफगानिस्तानमा नेपाली युवाको मृत्युलाई कसरी गौरवको विषय ठानेका छन् ? बुझ्न सकिएन ।
भारतीय सेनामा नेपालीहरूको सहभागिताको इतिहास २६० वर्षभन्दा पनि पुरानो हो किनभने पञ्जावका राजा रणजित सिंहको शासनकालमा त माथवर सिंह थापा तिनका प्रधानसेनापति नै थिए जो पछि नेपालका प्रधानमन्त्री र प्रधानसेनापति भएका थिए । तत्कालीन महारानीको निर्देशनमा उनी आफ्नै भाञ्जा जंगबहादुर राणाबाट मारिएका थिए । (नेपालको ऐतिहासिक रूपरेखा लेखक बालचन्द्र शर्मा । त्यतिबेला पञ्जावको राजधानी लाहौर थियो (अहिले पाकिस्तानको प्रमुख शहर), लाहौरमा काम गरेकै कारण नेपाली गोरखालाई लाहुरे (लाहौरके अपभ्रंश) भन्दै आएको छ । सन् १८५७ को सिपाही विद्रोहमा गोरखा सैनिकले अंग्रेजहरूको समर्थन गरेका थिए ।
आफ्नैव्यक्तिगत पहल वा दलालको प्रलोभनमा परी सुटुक्क अर्को मुलुकको सेना वा सुरक्षा गार्डको रूपमा भर्ती भएर युद्धग्रस्त क्षेत्रमा खटिने नेपाली युवा प्रशस्तै पाइन्छ । यस्तोमा मृत्यु भइहाले तिनका परिवारले राहत वा अन्य सुविधा पाउने सुनिश्चित हुँदैन । लाशको समेत सदगति हुँदैन । एकातिर रोजगारीका लागि ज्यानको बाजी थाप्न नेपाली युवा तयार भइरहेका छन् अर्कोतिर मान, सम्मान र दाम प्राप्त भइरहेको भारतीय सेनाको भर्ती नहुने बताएको छ । नेपाली नागरिकको जोखिमपूर्ण भर्ती रोक्न नेपाल सरकारबाट पहल हुनु त टाढाको कुरा, कुनै धारणा सार्वजनिक भएन । अहिले मृत्युका खतरा आइरहेका छन् ।
इराकस्थित अमेरिकी सेनाको बेसमा कार्यरत १२ नेपालीलाई अतिवादी इस्लाम समूहले २०६१ भदौ १६ मा हत्या गरेको थियो । त्यसपछि नेपाल सरकारले प्रतिबन्ध लगाउँदा अवैध बाटो इराक जाने क्रम रोकिएन । लुकीछिपी अफगानिस्तान पुगेको १२ नेपालीले २०७३ सालमा तालिवानको आत्मघाती बम आक्रमणमा परी ज्यान गुमाए । इजरायलका हमासको आक्रमणमा परी गत असोज २० मा १० नेपाली विद्यार्थीले ज्यान गुमाए ।
भारतीय सेनामा नेपाली गोरखाको भर्तीको चर्को विरोध गर्ने उत्तरी छिमेकी चीनले आफ्नो देशमा नेपाली युवाहरूलाई रोजगार दिएर धेरै हदसम्म नेपालबाट बेरोजगारीको अन्त्य गर्न सक्दछ । नेपालको तर्फबाट पटक-पटक यस विषयमा ध्यानाकर्षण गराउने काम नभएको होइन तर उत्तरी छिमेकीले अपेक्षित चासो देखाएको छैन ।
त्यो स्थिति अलि फरक थियो । रुसी संसद् डुमाले पारित गरेको नयाँ कानुनमा रुसी सेनामा काम गर्ने विदेशी नागरिकको अवधिलाई पाँच वर्षबाट घटाएर, एक वर्ष गरिएको छ । र पनि नेपाली युवा जागिर गर्न तम्सिएका छन् । भारतीय सेनामा चार वर्षको अवधि छ, सेवा अवधिबाट बिदा हुँदा २० लाख जति नेपाली रुपैयाँ पाइनेछ । एक चौथाईलाई निरन्तरता दिइनेछ भने कतिपयलाई औद्योगिक सुरक्षा बललगायत अन्य प्रादेशिक र निजी क्षेत्रमा पनि काम गर्ने अवसर प्राप्त हुनेछ । अहिले भारतीय सेनामा काम गरेबापत तलब, पेन्सन र सुविधाको रूपमा ६०-७० अर्ब जति रुपैयाँ वर्षेनी नेपाल भित्रिरहेको छ ।
भारतीय सेनामा नेपाली गोरखाको भर्तीको चर्को विरोधी गर्ने उत्तरी छिमेकी चीनले आफ्नो देशमा नेपाली युवाहरूलाई रोजगार दिएर धेरै हदसम्म नेपालबाट बेरोजगारीको अन्त्य गर्न सक्दछ । नेपालको तर्फबाट पटकपटक यस विषयमा ध्यानाकर्षण गराउने काम पनि नभएको होइन तर उत्तरी छिमेकीले अपेक्षित चासो देखाएको छैन । नेपालको बढ्दो बेरोजगारीलाई कम गर्नमा चीन सहयोगी सावित हुन सक्दछ । चीनको इसारामा भारतीय सेनामा गोरखा भर्तीको विरोध गर्ने अवस्थामा नेपाली युवाहरू करिब नेपालका राजनीतिक दल, अगुवा, मित्रराष्ट्रहरू र कथित राष्ट्रवादीहरूले भारतीय गोरखामा भर्ती हुनबाट वञ्चित गरिएका ती १२ हजार युवाहरूको भविष्यको चिन्ता गरी तिनलाई जागिरको अवसर उपलब्ध गराउनुपर्दछ ।
चीनको नियन्त्रणमा रहेको हङ्कङमा चीनसँग त भारतले युद्ध पनि लडेको हो तर पनि चीनको हङ्कङमा हजारौं भारतीयहरूले जागिर अथवा रोजगारीको अवसर पाएका छन् । भारतीय नागरिकलाई सजिलै प्रवेशको सुविधा प्राप्त भएको हङ्कङमा नेपालीहरूको प्रवेशमाथि रोक जस्तै लगाइएको छ । ब्रिटिश सेनामा कार्यरत रहँदा हङकङमा जन्मिएबापत त्यहाँको पहिचानपत्र पाएका नेपालीबाहेक अरू नेपालीको प्रवेशमाथि रोक लगाइएको छ । स्मरण रहोस् कि पूर्वब्रिटिश सेनाका सन्तानलाई यो सुविधा ब्रिटिश सरकारले नै दिएको हो चीनले होइन ।
प्रतिव्यक्ति दश हजार डलरभन्दा बढी आम्दानी रहेको हङ्कङमा भारत, फिलिपिन्स र इण्डोनेशियाका लाखौं नागरिकले घरेलु कामदारका रूपमा त्यहाँ रोजगार जम्मा जागिर पाएका छन् जबकि नेपालीहरूलाई त्यहाँ सुविधा छैन । चीनले चाहेको खण्डमा नेपाली युवाहरूलाई पनि त्यहाँ अंगरक्षकका रूपमा होटल व्यवसायमा र पर्यटनका क्षेत्रमा जागिर दिन सक्छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले चाहेको खण्डमा नेपालका लाखौं युवाहरूलाई रोजगार दिन सक्दछ ।
नेपाली युवाहरूले खाडी देशमा गएर नारकीय जीवन बिताउनुको सट्टा उत्तरी छिमेकी चीनकै ठूला-ठूला शहरका प्रतिष्ठित औद्योगिक कम्पनीहरूमा जागिर पाउन सक्दछन् । अधिकांश नेपालीले उत्तरी छिमेकी चीनलाई नेपालको एकमात्र भलो चित्ताउने राष्ट्रका रूपमा मान्यता दिएका छन् । देवत्वकरण नै गरिदिएका छन् । नेपाली युवाको बेरोजगारीको समस्या समाधान गर्नु उसको निम्ति कुन ठूलो कुरा हो ? सरकार एकपछि अर्को नयाँ रोजगारदाता मुलुक खोज्न व्यस्त छ । यस्तोमा स्थायित्वको हिसाबले गोरखा भर्ती हालका रोजगार गन्तव्यहरूमध्ये सबैभन्दा उत्कृष्ट र भरपर्दो मध्येको एक हो । यसमा नेपाली युवाको पनि गहिरो अभिरुचि रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच