समस्या बुझ्न बिनोद चौधरी सुस्तामा

हिमालय टाइम्स
Read Time = 2 mins

-प्रकाश न्यौपाने

नवलपरासी । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरी यतिबेला सुस्ताको समस्या बुझ्दै सुस्ताबासीका घर घरमा गइरहनु भएको छ । स्थानियको समस्या र बिकास निर्माणको चुनौतिका बारेमा उहाँ छलफलमा ब्यस्त रहनुभएकाे छ । सुस्तामा रहेका किसान,मजदुर र स्थानीय बासिको समस्या र गुनासो सुन्न प्रत्यक्ष रुपमा स्थानियको घरदैलोमा आएको चौधरीले बताउनुभयाे।

सुस्ताको डुबान र भारतिय सुरक्षा बल बाट हुने सास्तीका बारेमा पहल गरिदिन स्थानियले चौधरी समक्ष आग्रह गरेका छन । राज्यबाट बर्षौ सम्म पनि उपेक्षाको महसुस गरेका यस क्षेत्रका जनताले चौधरीको उपस्तिथिलाई अर्थपूर्ण रुपमा लिएको बताएका छन् । 'हामिले एउटा बिकासको खाका कोर्न सक्ने सफल ब्यवसायिलाई पाएका छौ अबको बिकास उहाँकै हातमा छ बर्षौ सम्म अरु नेतालाई हेरियो अब यसपटक उहाँलाई हेर्छौ, पक्कै पनि यहाँको बिकास हुन्छ,' सुस्ता ५ पक्लिहवाका राजकुमार पासिले भन्नुभयाे।

'चौधरी सफल ब्यवसायी भएकाले राजनीतिमा समेत सफल हुनुपर्छ त्यसैले यस क्षेत्रको बिकास नगरी उहालाई सुखै छैन क्षमताको प्रयोग गर्न पनि यो पटक जिताउनै पर्ने छ,' सुस्ताकै रिङकु कुमार गुप्ताले भन्नुभयाे । यस क्षेत्रको समस्याका बारेमा चौधरीले विभिन्न निकाय सग छलफल गरिरहेको नेपाली काङ्ग्रेसका जिल्ला सदस्य एवम् प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?