शशांक कोइराला चुनावी कार्यक्रममा बेहोस,  अस्पताल भर्ना

फाइल तस्बिर

Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला अस्वस्थ हुनु भएको छ ।

नवलपुर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहनुभएका कोइराला नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा बेहोस हुनुभएको थियो ।

कोइरालालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको उहाँका सहयोगी सुरज उप्रेतीले बताउनु भयो।

अहिले कोइरालाको अवस्था सामान्य रहेको र होस पनि फर्किसकेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?