उम्मेदवारी खारेजीनिर्णयविरुद्ध आज सर्वोच्च अदालत जाँदै तोसिमा

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । उम्मेदवारी खारेजीमा परेकी डा‍‍ तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध आज सर्वोच्च अदालत जाने हुनुभएकाे छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर-३ मा उम्मेदवार बनेकी कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।

आयोगको निर्णयविरुद्ध आज बिहान ११ बजे सर्वोच्च अदालत जान लागेको कार्कीले बताउनुभयाे । कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?