निर्वाचनपछि कांग्रेस नेतृत्वमा सरकार बन्छः पूर्व उपप्रधानमन्त्री सिंह

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाण्डौं । नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आगामी निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । लोकतान्त्रिक-वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं १ को प्रतिनिधिसभा उम्मेदवारसमेत रहनुभएका उहाँले आज भीमसेनगोलामा आयोजित ‘चुनावी कार्यक्रम’मा राजनीति स्थायित्वका लागि आगामी निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताउनुभएको हो ।

“संविधानको रक्षा, राजनीतिको स्थायित्व र विकास निर्माणलाई अगाडि बढाउन आगामी मङ्सिर ४ गतेको निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ,”- नेता सिंहले भन्नुभयो । आवधिक निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने भएकाले यसतर्फ गम्भीरताका साथ सोच्न उहाँले मतदातालाई आग्रह गर्नुभयो ।

पूर्व उपप्रधानमन्त्री सिंहले अवसर पाउँदा कुन राजनीतिक दलले के काम गरिरहेको छ, कुन नेता के गर्दैछन् यी सबैको लेखाजोखा गरेर निर्वाचनमा मतदाताले सही विवेक प्रयोग गर्नुपर्ने सुझाव दिनुभयोे । राजनीतिक अस्थिरताका कारण मुलुकमा सुशासन कायम हुन नसकेको उहाँको भनाइ थियो । मुलुकको शासन पद्दति सुधार गर्दै युवालाई शिक्षा र रोजगारीको सुनिश्चितताका लागि कांग्रेस सदैव लाग्नेमा नेता सिंहले जोड दिनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?