नारायणीमा डुंगा पल्टियो, तीन जनाको मृत्यु

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

नवलपरासी । पश्चिम नवलपरासीमा डुंगा पल्टिदा तीन जनाको मृत्यु भएको छ । नवलपरासीको सुस्ता गाउँपालिका–४, नर्सहीमा रहेको नारायणी नदीको भंगालोमा डुंगा दुर्घटनामा परेको हो । थप दुई जना घाइते भएका छन् ।

डुंगा पल्टिदा सुस्ता गाउँपालिका –४ गोकुलनगरका गुड्ड हरिजन, निरज हरिजन र रञ्जित गुप्ताको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते भएका किशोर हरिजन र सोहित सहानीको सहिद स्मृति अस्पताल चौपत्तामा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार डुंगा दुर्घटनामा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?