एमालेसँग मात्र देश बनाउने भिजन छ, बहुमत दिनुपर्छः अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले देश बनाउने भिजन आफ्नो पार्टीसँग मात्र रहेको बताउनु भएकाे छ । चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा लाइभ डिबेटमा उहाँले अघिल्लो निर्वाचनमा एमालेलाई बहुमत नदिएकाले सरकार स्थिर नभएको दाबी गर्नुभयाे ।

‘हामीसँग १२१ सिट उपलब्ध थियो । बहुमत थिएन । सरकार गठन गर्न १३८ सिट चाहिन्थ्यो । सरकार बनाउन अर्को पार्टी चाहिन्थ्यो । फागुन ३ गतेसम्म सरकार बन्न दिइएन । निर्वाचन आयोगबाट परिणाम राष्ट्रपति कार्यालय पुग्न अढाई महिना लाग्यो । अर्को पार्टीसँग एकता गरेर बहुमत पुर्याऔं । तर त्यो टिकाउ भएन । जनताका काम गर्न व्यवधान कसले गरेको छ ? सबैले थाहा पाएका छन्,’ ओलीले भन्नुभयाे ।

ओलीले एमाले फोड्न मध्यरातिसम्म संसद् बैठक राखेर अध्यादेश जारी गरिएको आरोप लगाउनुभयाे । एमालेले कारबाही गरेकालाई निष्कासन नगरेर २० प्रतिशत पुर्‍याई नयाँ पार्टी गठन गरिएको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयाे । उहाँले एमालेभित्र बसेर एमाले कमजोर बनाउने तत्व बाहिरिएको भन्दै जनताले आफ्नो पार्टीलाई भोट हाल्ने दाबी गर्नुभयाे ।

‘एमालेसँग मात्र देश बनाउने भिजन छ । काम गर्ने क्षमता छ । एमालेको सुदृढ बहुमतविना देशको विकास हुँदैन । सुशासन र विकासको बाटोमा एमालेले लैजान्छ । त्यसैले एमालेलाई बहुमत दिन आवश्यक छ । एमालेले जारी गरेको घोषणापत्र जनता अल्मल्याउन होइन, विकास गर्नका लागि हो । विकासका निम्ति प्रतिबद्ध छौं,’ उहाँले भन्नुभयाे ।

अन्य दलका सरकारले देशको विकास नहुने उहाँले दाबी गर्नुभयाे । प्रशासनिक झन्झट र व्यवधान हटाउन पनि बहुमतको सरकार चाहिने ओलीले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?