अल स्टेटको प्रथम बार्षिकोत्सब सम्पन्न

हिमालय टाइम्स
Read Time = 4 mins

न्यूयोर्क । कोलोराडो नेपाली समुदायमा चिरपरिचित समाजसेवी सुनिल पाठक (सुनिल पाठक एजेन्सी) द्वारा सञ्चालित अल स्टेट इन्सुरेन्सको प्रथम बार्षिकोत्सब कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। कोलोराडो स्थित शहरहरू ब्राइटन, बोल्डर, लङमण्ट, ब्रुमफिल, वेष्टमिनिष्टरका मेयर, नेपालकालागि पूर्व अमेरिकी राजदुत स्कट डेलेसि, हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठ लगायतका बिशेष अतिथीहरूको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

एजेन्सीका सञ्चालक तथा कार्यक्रम आयोजक सुनिल पाठकले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गर्दै आफूलाई यहाँसम्म ल्याउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाइ धन्यवाद दिनुभएको थियो । त्यसैगरी पूर्व राजदुत र मेयरहरूले पनि नेपालबारे आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा कोलोराडोमा रहेका बिभिन्न संघ संस्थाका पदाधिकारी समाजसेवी, ब्यवसायी, कलाकार, पत्रकार तथा सर्वसाधारणको बाक्लो उपस्थिती थियो ।

कार्यक्रममा आयोजक सुनिल पाठक र बिशेष अतिथिहरू द्वारा संयुक्तरुपमा समारोहमा उपस्थित सम्पूर्ण अतिथी, संघ संस्थाका प्रतिनिधि, कलाकार, पत्रकार, नेपालीद्वारा खोलिएको बिभिन्न एजेन्सीका सञ्चालक तथा एजेन्सीलाई सहयोग पुर्‍याउने व्यक्तित्वहरूलाई खादा माला लगाएर मायाको चिनो प्रदानगरी सम्मानसमेत गर्नुभएको थियो ।

कार्यक्रमलाइ थप मनोरञ्जन प्रदान गर्न हास्य कलाकार तथा जादुगर महादेव त्रिपाठीको लाखेनाच, जादु र कमेडी डान्सलागायत स्थानीय कलाकारहरूको नेपाली कला संस्कृति झल्काउने नृत्य तथा लाइभ ब्याण्डको बेजोड प्रस्तुति थियो ।

कार्यक्रममा राफल चिट्ठा, परोपकारी सांस्कृतिक समारोह जस्ता बिभिन्न माध्यमबाट २० हजार डलर भन्दाबढी आर्थिक संकलन भएको बताईको छ। उक्त संकलित रकम नेपालमा रहेका बिभिन्न सेवा मुलक संस्थाहरूलाई प्रदान गरिने कार्यक्रमका संयोजक अभिनेता नवराज श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार ब्यबसायिक तथा सामाजिक कार्यलाई प्रत्यक्ष लाभ हुनेगरी यस्ता कार्यक्रमहरू हरेक बर्ष आयोजना गरिदै जाने लक्ष्य छ ।

यस्ता कार्यक्रमहरू बाट संकलित रकमले नेपालमा रहेका अनाथ, असाहाय, दुखि पिडितहरूलाई सहयोग पाउँदा र उनीहरूको दुःख पिडामा राहतको मल्हम भर्न पाउँदा आत्मासन्तुष्टि मिल्ने अलस्टेटका सञ्चालक सुनिल पाठक बताउनुहुन्छ । निशा पाठकद्वारा सञ्चालित कायर्क्रममा नेपाल र नेपालीहरूको पहिचान झल्कने बिभिन्न वृतचित्रहरू प्रर्दशनगरी स्थानीय सहभागीहरूलाइ नेपाली भाषा कला संस्कृतिबारे जानकारीसमेत गराईएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?