धनगढी । कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले तीन जना युवक पक्राउ गरेको छ । जिल्लाको बेलौरी नगरपालिका १० भुडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ ९५० मिलिग्रामसहित तीन जना पक्राउ परिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका ४ झलारीका २३ वर्षीय हरेन्द्र कुँवर, सोही नगरपालिका ११ कलुवापुरका १८ वर्षीय किशोर र धनगढी उपमहानगरपालिका २ मिलन चोकका २२ वर्षीय सुदीप धामी रहेका छन् ।
प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले सुपप्र ०१ ००९ प ९९५१ नम्बरको मोटरसाइकलमा जाँच गर्दा उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच