एक अर्बभन्दा बढीको सेयर कारोबार

Read Time = 2 mins

काठमाडौं । तिहारपछि सेयर बजार उकालो लागेको छ । मंगलबार पनि नेप्से परिसूचक ५६.११ अंकले बढेर १९३०.९९ अंकमा पुगेको छ । यस दिन एक अर्ब २९ करोड छ लाख ६४ हजार छ सय ४१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको हो ।

अघिल्लो दिन सोमबार नेप्से १६.३९ अंकले बढेर १८७४.८७ अंकमा पुगेको थियो भने ६९ करोड ७३ लाख १७ हजार छ सय ११ रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो । मंगलबार ३९ लाख ७१ हजार पाँच सय ९४ कित्ता सेयर कारोबार भएको थियो । त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीको सेयर मूल्य बढेको छ ।

एक सय ८१ कम्पनीको सेयर मूल्य बढ्दा तीनवटाकोे घटेको छ भने दुईवटाको स्थिर रहेको छ । न्यादी हाइड्रोपावरमा १० प्रतिशत र युनिभर्सल पावर कम्पनीमा नौ प्रतिशतको सर्किट लागेको छ । एनआइसी एसिया बैंकको सर्वाधिक छ करोड ६५ लाख रुपैयाँभन्दा बढीकोे कारोबार भएको छ भने नबिल बैंक पाँच करोड ९२ लाख, शिवम् सिमेन्ट्स पाँच करोड १७ लाख, रिडी पावर कम्पनी पाँच करोड ३९ हजार र एभरेष्ट बैंकको चार करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?