विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् ।

पाँचथरको फिदिम नगरपालिका-६ सिवा घर भई हाल हिलिहाङ गाउँपालिका-६ गुरासे नागि डेरा गरी बस्ने ४५ वर्षीय टिका राई आफ्नै डेराको भान्सा कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी पाँचथरको याङवरक गाउँपालिका-३ ओयम बस्ने २८ वर्षीय सन्तोष राई सोही ठाउँस्थित खानक्लेटार जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

गत आइतबार घरबाट हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको हो । घटनास्थलबाट प्रहरीले १ थान भरुवा बन्दुक समेत बरामद गरेको छ ।

खोटाङको केपिलासगढी गाउँपालिका-३ बाँसपानि बस्ने ८५ वर्षीया फुलसरी राई आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका-२ कुमलगडीस्थित बाटोको छेउमा सोही उपमहानगरपालिका-१ भम्के बस्ने ७० वर्षीय तुल्सीराम भण्डारी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?