अरब लिगको सम्मेलन अल्जियर्समा

Read Time = 2 mins

अल्जियर्स । अरब लिगको सम्मेलन अल्जेरियाको राजधानी अल्जियर्समा मंगलबार साँझदेखि सुरु भएको छ । यो अरब लिगको ३१औं शिखर सम्मेलन भएको बताइएको छ । यस सम्मेलनका मुख्य एजेण्डामा खाद्य सुरक्षा र इजरायल प्यालेस्टाइन रहेका बताइएको छ । यसअघि लिगको ३०औं सम्मेलनको आयोजक राष्ट्र ट्युनिसिया रहेको थियो ।

ट्युनिसियाका राष्ट्रपति काइस साइदले अरब लिगको अध्यक्षता गरिरहनुभएको थियो । मंगलबार साँझ अल्जियर्समा सो सम्मेलन सुरु भएपछि त्यसको अध्यक्षता उहाँले अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तोबेनोलाई हस्तान्तरण गर्नुभएको थियो । मंगलबार साँझको सो उद्घाटन सत्रमा सम्बोधन गर्दै अल्जेरियाका राष्ट्रपति सइदले अरब लिगको एकतामा जोड दिनुभएको थियो । उहाँले यस ३१औं सम्मेलनको नारा पनि पुनर्मिलन राखिएको भन्दै यस सम्मेलनले अरब राष्ट्रहरूका बीचमा पुनर्मिलन गराउने अपेक्षा गरिएको बताउनुभएको थियो ।
सो सत्रमा अल्जेरियाका राष्ट्रपति तोबेनोले अरब विश्व र समग्र विश्व नै अहिले विभिन्न जटिलताका साथ गुज्रिरहेका बेला अरब लिगको सम्मेलन सुरु भएको भन्दै यस सम्मेलनले अरबका समस्याहरूको समाधानका लागि विकल्प दिन सक्नुपर्ने बताउनुभयो ।

उहाँले हाल विश्वमा कोरोना भाइरसको समस्यापछि सुरु भएको आर्थिक मन्दीका साथै खाद्यान्न संकटजस्ता विषयमा अरब विश्वले पनि सोच्नुपर्ने धारणा राख्नुभएको थियो । उहाँले हाल विश्वमै बढ्दो रुपमा रहेको खाद्यान्न संकटको समाधानका लागि अरब विश्वले पनि आफ्नो अर्थतन्त्रमा गति दिँदै आपसमा सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभएको जनाइएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?