स्टार्टअपका लागि किङ्स कलेजमा बुट क्याम्प

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । सातै प्रदेशका ४० बढी स्टार्टअप तथा आइडियाका लागि काठमाडौंको किङ्स कलेजमा तीनदिने बुट क्याम्प सुरू भएको छ । किङ्स कलेजसँगको सहकार्यमा लिभिङ विथ आइसिटीले यसअघि सातै प्रदेशमा आयोजना गरेको स्टार्टअप एण्ड आइडिया फेस्टमा उत्कृष्ट घोषणा गरिएका स्टार्टअप तथा आइडियाका लागि बुट क्याम्प सुरू गरेको हो ।

मंगलबार सुरु भएको कार्यक्रममा ४० बढी स्टार्टअप तथा इन्नोभेटरको सहभागिता रहेको छ । सो अवसरमा किङ्स कलेजका प्रेसिडेन्ट नरोत्तम अर्यालले कलेजका लागि यो सुवर्ण अवसर भएको र आगामी दिनमा स्टार्टअप इकोसिस्टम विकासमा सहयोग पुर्‍याउने बताउनुभयो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?