यु-१५ महिला साफ च्याम्पियनसिप : भुटानको सामना गर्दै नेपाल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बंगलादेशमा जारी यु-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानको सामना गर्दैछ । मंगलबारदेखि बंगलादेशको ढाकामा सुरु भएको प्रतियोगितामा नेपालले आज भुटानसँग पहिलो खेल खेल्न लागेको हो ।

खेल ढाकामा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती रानाले च्याम्पियनसिपका लागि टोली पूर्ण रुपमा तयार रहेको बताउनुभएको छ ।

टोली भुटानसँगको खेल जित्नका लागि उत्साहित रहेको उहाँले बताउनुभयो । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ।

नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५, भुटानसँग नोभेम्बर ९ र नोभेम्बर ११ मा खेल्नेछ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?