सुनको मूल्य घट्यो, चाँदीको मूल्यमा पनि सामान्य गिरावट

Read Time = 1 min

काठमाडौं । साताको पाचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। केही दिनदेखि बढिरहेको सुनको मूल्य बिहीबार तोलामा चार सय रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार दुई रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार सात सय रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर प्रतितोला एक हजार दुई सय १५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदी प्रतितोला एक हजार दुई सय २५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?