राष्ट्रिय स्वतन्त्र पार्टीको वाचाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष पदेन उपराष्ट्रपति

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको घोषणापत्रलाई सो पार्टीले वाचापत्र भनेको छ ।

उक्त वाचापत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने शासकीय स्वरुपलाई अंगीकार गरेको छ । ‘जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने,’ वाचापत्रमा उल्लेख गरिएको छ ।

राष्ट्रपति बन्न कुनै पनि राजनीतिमा नलागेको व्यक्ति हुनुपर्ने र राष्ट्रिय सभा अध्यक्ष पदेन उपराष्ट्रपति हुने सो पार्टीको वाचापत्रमा उल्लेख गरिएको छ ।

राष्ट्रपति बन्न कुनै पनि राजनीतिमा नलागेको व्यक्ति हुनुपर्ने उल्लेख छ । कुनै पनि राजनीतिक दलमा नलागेको र राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको व्यक्तिलाई राष्ट्रपति बनाउने प्रस्ताव गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?