बाराका चार वटै निर्वाचन क्षेत्रमा मन्त्रीहरु बीच चुनावी भिडन्त, प्रतिस्पर्धा रोमाञ्चक बन्ने

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 8 mins

बारा । बाराको चारवटै निर्वाचन क्षेत्रमा संघ तथा प्रदेश मन्त्रीहरुको भिडन्त हुने भएको छ ।

बारा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका सहमहामन्त्री तथा नेपाल सरकारको बहालवाला खानेपानी मन्त्री उमाकान्त चौधरी र नेकपा एमालेका अच्युत मैनालीसँग भिडन्त हुने भएको छ ।

चौधरीको बाहुल्यता रहेको यस क्षेत्रमा मैनालीसँगको भिडन्त भने रोचक बन्ने भएको छ । यो भन्दा अघिको चुनावमा पनि चौधरीले मैनालीलाई लगभग दुई हजार पाँच सय मतको अन्तरले पराजित गर्न सफल हुनु भएको थियो । तर यसपालीको चुनावमा दुबै उम्मेदवार बीच कडा प्रतिस्पर्धा हुने क्षेत्र नम्बर १ का मतदाताहरुले जानकारी दिनु भएको छ ।

यसै गरि निर्वाचन क्षेत्र नम्बर १ ख मा जनता समाजवादी पाटीका नेता तथा मधेश प्रदेश सभामुख सरोज यादव र नेपाली काँग्रेसका नागेन्द्र साह बीच भिडन्त हुने भएको छ । सरोज यादव पटक पटक यस क्षेत्रबट जित हासिल गर्दै आएका छन् । यो क्षेत्रमा उहाँको पकड पनि बलियो छ । तर पनि यसपालीको चुनावमा साह र यादव बीच कडा टक्कर हुने सिम्रौनगढ नगरपालिकाका स्थानीयहरुले जानकारी दिएका छन् ।
यसै गरि बारा निर्वाचन क्षेत्र नम्बर २ मा पूर्व मन्त्री रामसहाय यादव, पूर्व संविधान सभासदस्य शिवचन्द्र कुशवाहा र स्वतन्त्र उम्मेदवार रामकिशोर यादव बीच रोचक भिडन्त हुने भएको छ ।

यादव वनमन्त्री हुँदा समेत आफनो क्षेत्रको विकासमा खासै ध्यान नदिएको, चुनाव जितेर गएपछि जनताहरु माँझ कहिले नआएको क्षेत्र नम्बर २ का मतदाताहरुको आरोप रहेको छ । रामकिशोर यादवले टिकट नपाउने भएपछि लोसपा छाडेर स्वतन्त्र उम्मेदवारी दिएका हुन । यसपालीको चुनावमा गठबन्धरामकिशोर यादव र शिवचन्द्र कुशवाहा बीच नै प्रतिस्पर्धा हुने यादवले बताए । जति भिडन्त देखिए पनि यसपालीको चुनावमा गठबन्धनका उम्मेदवार शिवचन्द्र कुशवाहा नै जित्ने नेपाली काँग्रेस बाराका सचिव भैयाराम यादवले दावी गर्नुभयो ।

यसै गरि क्षेत्र नम्बर ३ मा पूर्व कृषि मन्त्री ज्वाला साह, पूर्व सांसद रामबाबु कुमार यादव र पूर्व संविधान सभा सदस्य लालबाबु सिह भूमिहार बीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

क्षेत्र नम्बर ३ मा त्रिकोणात्मक लडाई देखिए पनि अन्ततः पाँच दलिय गठबन्धनका उम्मेदवार लालबाबु सिह जित्ने बलियो आधार देखिएको नेपाली काँग्रेसका नेता शिवमंगल साहले जानकारी दिनुभयो । यो क्षेत्र काँग्रेसको बलियो पकड भएको क्षेत्र हो । यसमा माओवादीको समेत जनाधार त्यति कमजोर छैन । त्यसैले यस क्षेत्रमा उनको जित हुने बलियो सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

रामबाबु यादव र ज्वाला साह पटक पटक कमिशनको खेलमा बदनाम हुँदै आएका छन् । यादव सांसद हुँदा समेत आफनो क्षेत्रको कुनै पनि मतदाताको कुरा नसुन्ने उनीहरुको पिडा र समस्याको बारेमा सम्बोधन गर्न गराउन आनाकानी गरेको हुनाले यसपालीको चुनावमा उनको पक्षमा मतदाताहरुको खासै उत्साह नदेखिएको उहाँले बताउनुभयो ।

यो क्षेत्रलाई जातिय समीकरणले विगारेको छ । तर यसपालीको चुनावमा भने जातिय समीकरण समाप्त हुने संकेत देखिएको उहाँले बताउनुभयो ।

बारा क्षेत्र नम्बर ३ ख बाट नेपाली काँग्रेस बाराका निवर्तमान सभापति जयचन्द्र चौरसिया चुनाव लडदै हुनु हुन्छ । उहाँको पकड पनि बलियो रहेको र उहाँ चुनाव जित्ने साहले जानकारी दिनुभयो ।

यसै गरि बारा निर्वाचन क्षेन नम्बर ४ मा नेकपा समाजवादीका पूर्व श्रम मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान), नेकपा एमालेको तर्फबाट पूर्व युवा तथा खेलकूद मन्त्री एकबाल मिया र व्यापारी इच्छा बहादुर वाग्ले बीच कडा प्रतिस्पर्धा देखिएको छ ।

एकबाल मिया यो भन्दा अगाडीको चुनावमा लोसपाबाट जित हासिल गरेका थिए । यो क्षेत्रमा उत्तर तिर माओवादी र काँग्रेसको पकड बलियो छ भने दक्षिण तिर मधेशवादी र काँग्रेस पार्टीको पकड बलियो छ । स्थानीय तहको निर्वाचनमा देखिएको मत, संघ र प्रदेशको चुनावमा फरक आउने विश्लेषकहरुको भनाई छ ।

स्थानीय निकायको चुनावमा पार्टी भन्दा पनि व्यक्ति विशेष छान्नु पर्ने भएकोले मतदाताहरुले पार्टी भन्दा राम्रो व्यक्ति तिर आकर्षित हुन्छन र उनलाई नै मतदान गरेर जिताउँछन् । तर संघ र प्रदेशको चुनावमा भने यो आकडा फरक पर्ने प्रतिनिधि सभा क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति सुनिल गुप्ताले बताउनुभयो ।

यसपालीको चुनावमा गठबन्धनकै उम्मेदवारको जित हुने उहाँले दावी गर्नु भयो ।
यसै गरि मधेश प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल समेत लोसपाबाट क्षेत्र नम्बर ४ ख बाट चुनाव लडदै हुनु हुन्छ । यो क्षेत्र उहाँको बलियो पकड भएको क्षेत्र पनि मानिन्छ । पहिला एक्ला एक्लै लडदा समेत उनी चुनाव जित्दै आएका छन भने यसपाली त गठबन्धन भएको छ । गठबन्धनको साथ र सहयोगले फराकिलो मतान्तरले आफूले जित्ने सोनलले बताउनुभयो ।

फोटो : खानेपानी मन्त्री उमाकान्त चौधरी, पूर्व वन मन्त्री रामसहाय प्रसाद यादव, पूर्व कृषि मन्त्री ज्वाला साह, पूर्व श्रम मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान), पूर्व युवा तथा खेलकूद मन्त्री एकबाल मिया ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?