‘सुखी नेपाली, समृद्ध नेपाल’ मेरो प्रस्ताव होः घनश्याम भुसाल

हिमालय टाइम्स
Read Time = 3 mins

बुटवल । पूर्व एमाले नेता घनश्याम भुसालले 'सुखी नेपाली, समृद्ध नेपाल'को एजेण्डा आफ्नो प्रस्तावमा ल्याइएको दावी गर्नुभएकाे छ । त्रिभुज चिह्न लिएर सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका नेता भुसालले ’सुखी नेपाली समृद्ध नेपाल’ नाराको प्रस्तावक आफू भएको बताउनु भएकाे हाे ।

रुपन्देहीको देवदहमा मतदातासँग कुरा गर्दै नेता भुसालले लोकतान्त्रिक गठबन्धनले मात्र मुलुकलाई समृद्धिको दिशामा लैजान सक्ने दावी गर्नुभयाे । सो क्रममा संविधानको रक्षा र लोकतन्त्रको विकास विना समृद्धिको सपना पूरा नहुने भन्दै निर्वाचनमा मत माग्न आउने उम्मेदवारसंग संविधानको रक्षा गर्छौ कि गर्दैनौं भनेर प्रश्न गर्न भुसाले आग्रह गर्नुभयाे ।

आफू यस क्षेत्रको विकासका लागि समर्पित भएर लाग्ने र त्यो आफुले कुराले मात्रै नभई व्यवहारमै गरेर देखाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयाे । मतदाताले विवेक प्रयोग गरेर असल र इमानदार उम्मेदवार छान्नुपर्ने उहाँको भनाइ थियो ।

त्यसैगरी रुपन्देही क्षेत्र नं. १ (१) का उम्मेदवार बिश्वनाथ यादवले गठबन्धनभित्रका उम्मेदवारहरु विकास होस् या व्यवहार हरेक क्षेत्रमा इमान्दार भएको बताउनुभयाे । पुनर्वास र क्षेत्र नं १ को भौतिक विकासका लागि गठबन्धनका उम्मेदवारहरु अग्रपंक्तिमा रहेर काम गर्ने उहाँले बताउनुभयाे ।

त्यस्तै प्रदेश सभा १ (२) का उम्मेदवार अब्दुल रज्जाकले प्रत्येक मतदातालाई सजक र सचेत गराउन जरुरी रहेको बताउनुभयाे । मतदातालाई पटकपटक झुटो आश्वासन मात्र दिने काम भएको बताउँदै नेता रज्जाकले मुलुक समृद्द बनाउन बाम लोकतान्त्रिक गठबन्धनको विकल्प नरहेको बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?