नेपाल प्रहरीका सई चार हजार घुससहित पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

जनकपुरधाम । सीमा प्रहरी चौकी धनुषाका प्रहरी नायब निरीक्षक देवकीलाल चौधरी पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले चौधरीलाई चार हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

नगराइन नगरपालिका-२ जटहीस्थित पसलका सञ्चालकसँग महिनावारी रकम दिनुपर्ने भनी दबाब दिएको उजुरी अख्तियारमा परेको थियो । त्यही उजुरीका सिलसिलामा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?