एमाले एक्लैले बहुमत ल्याएपनि सरकार निर्माणमा सहयात्री पार्टीलाई साथ लिन्छौं : विष्णु पौडेल

Read Time = 3 mins

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दावी गर्नु भएको छ ।

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवार समेत रहनु भएका पौडेलले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने र राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादीसँगै मिलेर सरकार बनाउने जिकीर समेत गर्नु भयो ।

शनिबार बुटवलमा आयोजित खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुको भेलामा बोल्दै उहाँले निर्वाचनपछि बन्ने एमाले नेतृत्वको सरकारले खेलकुद क्षेत्रको विकासको माध्यामबाट मुलुकको प्रतिष्ठालाई अझै उचाईमा पु¥याउने आश्वासन समेत दिनु भयो ।

उपाध्यक्ष पौडेलले भन्नु भयो, ‘नेकपा (एमाले) एक्लैले आगामी निर्वाचनमा बहुमत ल्याउँछ । यो निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउँछ । एक्लैले सरकार बनाउने हैसियत राख्दछ । तर, यो निर्वाचनमा हामी राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपालसँग पनि सहकार्य गरेका छौं । त्यसकारणले गर्दा यो सहकार्य निर्वाचनमा बेलामा पनि जारी रहन्छ । र, निर्वाचनपछि सरकार बन्ने बेलामा पनि जारी रहन्छ । सरकारको नेतृत्व नेकपा एमालेका एकल बहुमत हुँदा पनि हामी राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीलाई सरकारमा सामेल गरेर यो सहयात्रालाई निरन्तरता दिन्छौं भनेर सोचिराखेका छौं । यो कुरा पनि यहाँहरुलाई बताउन चाहन्छु ।’

उपाध्यक्ष पौडेलले निर्वाचन पछि पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने उल्लेख गर्दै त्यसपछि मुलुकको समृद्धिको अभियानले गति लिने विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले रुपन्देही २ मा एमालेलाई धेरै फराकिलो मतान्तरले विजयी गराउन लागि सहयोग गर्न खेलाडीहरुलाई आग्रह समेत गर्नु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?