नागरिक समाज बलियो भए मात्रै राष्ट्रको सर्वाङ्गीण बिकास हुन्छः सभापति खनाल

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय सभापति बिनोद खनालले नागरिक समाज बलियो भएमा मात्रै राष्ट्रको सर्वाङ्गीण बिकास हुने बताउनु भएकाे छ । खनालले मानव अधिकार तथा शान्ती समाज नवलपरासीको २२ औं बार्षीक साधारण सभा कार्यक्रममा बोल्दै यस्ताे बताउनुभएकाे हाे । देश बिकासका लागि नागरिक समाजको महत्वपूर्ण भुमिका रहने र सो का लागि नागरिक समाज बलियो हुनु पर्ने उहाँकाे भनाई थियाे ।

देश बिकासका लागि हाल सम्म प्राप्त उपलब्धिहरुलाई रक्षा गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताउदै खनालले आर्थिक, समाजिक र राजानीतिक विषयमा दलहरु जनताप्रति जवाफदेहि नहुँदा लामो समय र बलिदानी खर्चेर पाएको उपलब्धि गुम्ने खतरा बढेको बताउनु भयो । खनालले हाल सम्म प्राप्त उपलब्धिहरुलाई जोगाउन नागरिक समाज, बौद्धिक ब्यक्तित्वलगायत हरेक नागरिक सचेत रहनुपर्ने बताउनु भयो ।

कार्यक्रममा मानव अधिकार तथा शान्ती समाज नवलपरासीका पुर्व सभापती, कुलदिप प्रसाद आचार्य, केन्द्रीय सदस्य कृष्णनारायण श्रेष्ठ, बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने ‘परिश्रमी’लगायतले मन्तब्य राख्नुभएकाे थियाे । कार्यक्रमको सभापतित्व सन्तोष अधिकारीले गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?