एमालेको काम गणतन्त्र सिध्याउने र राजतन्त्र फर्काउने बाहेक अरु छैन : अध्यक्ष केसी

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 2 mins

बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमालेले गर्न बाँकी काम गणतन्त्र सिध्याउने रहेको बताउनु भएको छ ।
आइतबार बागलुङमा पाँच दलीय गठबन्धनको घोषणा पत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले एमालेले राजतन्त्र फर्काउन लागेको आरोप लगाउनु भयो ।

उहाँले एमालेले राजावादीसँग साँठगाँठ गरेर राजा ल्याउन खोजेको समेत बताउनुभयो । एमालेको सरकार आए देश संकटमा पर्ने बताउनुभयो । केसीले भन्नुभयो– “एमालले अब जनतालाई के भनेर भोट माग्ने ?, हामीलाई मत दिनु हामी एक वर्षमै संसद भत्याउँछौँ भन्ने ?, सर्वोच्चले गलत भयो भन्दा पनि संसद चल्न दिन्नौँ, बाँकी रहेको काम गणतन्त्र सिध्याउँछौँ र राजतन्त्र फर्काउँछौँ भन्ने बाहेक अरु छैन, एमाले सरकार आयो भने देश संकटमा पर्छ ।”

उहाँले प्रतिगमनलाई ढलाई लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरेको भन्दै गठबन्धनको शुत्रधार आफू भएको बताउनुभयो । गठबन्धनका दलहरु बीच पनि धेरै मतमतान्तर भए पनि देश बचाउन आफू एक ठाउँ उभिनु परेको बताउनुभयो ।

अध्यक्ष केसीले भन्नुभयो–“प्रतिगामी तत्वले देश र लोकतन्त्रलाई समाप्त पार्न थालेको हुँदा हामीले गठबन्धन गरेका हौँ, गठबन्धन दलहरु भित्र पनि धेरै मतमतान्तर छन्, हामी एक ठाउँमा नउभिएको भए देश हिन्दु राष्ट्र बन्थ्यो, राजा आउँथे, लोकतन्त्र सखाप हुन्थ्यो, हामीहरु जबजब देशमा संटक पर्छ, लोकतन्त्र धरापमा पर्छ तब विचार नमिले पनि दलहरु एक ठाउँ उभिँदै आएका छौँ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?