काठमाडौं । कौडा किङ सर्जक, संगीतकार तथा गायक गणेश गुरुङ र बहु प्रतिभाशाली गायिका भीमु गुरुङको ‘रैछ माया हिमालको हिउँ जस्तो’ गीत सार्वजनिक भएको छ । गणेशकै शब्द तथा लय रहेको गीतमा राजु गुरुङको संगीत र चेतन गोतामेको संगीत संयोजन रहेको छ । मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको सार्वजनिक गीतमा कुमार रानाको मिक्सिङ छ ।
सन्तोषी गुरुङले निर्देशन गर्नुभएको गीतको भिडियोमा विजय पुन, राजु गुरुङ, इनाह गुरुङ, टीका घाना मगरलगायत कलाकारले अभिनय तथा नृत्य छ । भिडियोमा पितोर गुरुङको छायांकन छ भने मेकबहादुर थापाको सम्पादन छ । गीतको भिडियो गणेश गुरुङको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच