मंसिर चारमा धादिङमा अधिकारी र लोहनीबीच कडा प्रतिस्पर्धा हुने

हिमालय टाइम्स
Read Time = 7 mins

धादिङ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि धादिङमा सत्ता गठबन्धन र नेकपा एमाले बीच कडा प्रतिस्पर्धा हुने भएको छ । धादिङको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारी र नेकपा एमालेका खेम लोहनीबीच कडा प्रतिस्पर्धा हुने भएको हो ।

सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार अधिकारीलाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तथा नेपाल समाजवादी पार्टीको साथ रहेको छ । यस्तै एमालेका उम्मेदवार लोहनीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले साथ दिएको छ । २०७४ सालको निर्वाचनमा लोहनीले यस क्षेत्रबाट निर्वाचित भई सांसद् बनिसक्नु भएकाे छ ।

यस्तै २०५६ को निर्वाचनमा धादिङ-२ बाट चुनाव जितेका अधिकारी अहिले चौथोपटक चुनावी मैदानमा उत्रिनु भएकाे छ । २०७४ मा माओवादी केन्द्रसँगको गठबन्धनमा चुनाव जिते पनि २०७९ को निर्वाचनमा लोहनीलाई राप्रपाको समर्थन छ । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार रहेका लोहनीले ३६ हजार ६५४ मत ल्याउँदा कांग्रेसका दिलमान पाख्रिनले ३६ हजार १५ मत ल्याउनु भएकाे थियाे । यसपटक माओवादी केन्द्रले कांग्रेससँग गठबन्धन गरेका कारण लोहनीका लागि चुनावी परिणाम आफ्नो पोल्टामा पार्न हम्मे हम्मे छ ।

यस्तो छ धादिङ-२ को अंकगणित

धादिङमा रहेका कुल १०४ वडामध्ये ५१ वडा रहेको संघीय क्षेत्र-२ मा गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा अधिकांश वडामा राजनीतिक दल एक्लाएक्लै प्रतिस्पर्धा गरेका थिए । एमालेले सबै ५१ वटा वडा, कांग्रेसले ४३ वडा र माओवादी केन्द्रले ३४ वडामा आफ्नो उम्मेदवार उठाएका थिए । जस अनुसार कांग्रेस २२ वडामा, माओवादी केन्द्र १० वडामा र एमाले आठ वटा वडामा चुनाव जितेका थिए ।

त्यस्तै, राप्रपाबाट चार, स्वतन्त्रबाट तीन, जनता समाजवादीबाट एक र एकीकृत समाजवादीबाट तीन जना उम्मेदवार वडामा निर्वाचित भएका छन् । २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणनालाई हेर्ने हो भने अन्य दल भन्दा काँग्रेस नै पहिलो स्थानमा रहेको छ । काँग्रेस २९ हजार ९६५ मत प्राप्त गरी पहिलो स्थानमा, एमालेले २५ हजार ९३८ मत सहित दोस्रो, नेकपा माओवादी १४ हजार ३८० मतसहित तेस्रो स्थानमा रहेका छन् । राप्रपाले ५ हजार २८७ र नेकपा एकीकृत समाजवादीले ३ हजार ४५६ मत पाएका छन् । स्वतन्त्र लगायत अन्य साना दलले ४ हजार ९ सय ४४ मत पाएका छन् ।

सत्ता गठबन्धनमा रहेका दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका वडाध्यक्षले पाएको मत जोड्दा ४७ हजार ८०१ रहेको छ । त्यस्तै, एमाले र राप्रपाका वडाध्यक्षले पाएको मत जोड्दा ३१ हजार २२५ मत छ । यो मतलाई हेर्दा एमाले गठबन्धनका लोहनी भन्दा सत्ता गठबन्धनका अधिकारी साढे १६ हजारभन्दा बढी मतले अगाडी रहेको देखिन्छ । सत्ता गठबन्धनका उम्मेदवार अधिकारीलाई यही अग्रताको मतान्तर विजयी हुने आधार छन्, भने राप्रपा-एमाले गठबन्धनका उम्मेदवार लोहनीलाई यही मतान्तर हारको बाटो छ । यसको एकिन नतिजा हेर्न भने मंसिर ४ गते नै कुर्नु पर्नेछ ।

काँग्रेसको जित पक्का पक्की जस्तै  हुँदा पनि अहिले काँग्रेस धादिङका उम्मेदवारलाई भने ठुलै चिन्ता छ । चुनाव आउँन लगभग ११ दिन बाँकी छ । तर नेपाली काँग्रेस धादिङमा नेताहरु बीच मत बाँजिएको छ । कांग्रेस धादिङका नेता दिलमान पाख्रीन र काँग्रेस धादिङ बीच मन बाँजिएको पाएको छ । कात्तिक २१ गते सोमबार दामन पाख्रिन स्मृति दिवसमा किन्ताङफेदीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दिलमानले दिएको अभिब्यक्तिले काँग्रेस धादिङमा तरङ्ग उत्पन्न भएको छ । उहाँले सार्वजनिक कार्यक्रम मार्फत नै अहिले आफु केन्द्रिय नेताहरुको निर्णयको पर्खाइमा बसिरहेको र आफ्नो पक्षमा सकारात्मक निर्णय नभए मंसिर ४ गतेको मत परिणाम नै उल्टाइदिने अभिव्यक्ति दिनुभएकाे थियाे ।

नेपाली काग्रेस पार्टीमा आफ्नो तिन पुस्ताको लगानी रहेको भन्दै उहाँले नेतृत्वले समयमा नै सोचेर बुद्धि पुर्‍याएर टिकट बितरणमा अन्याए भएको रहेछ भनेर नसच्चिएमा त्यसको हिसाव किताव हुने बताउनुभएकाे थियाे । जुन अभिव्यक्तिले कांग्रेसका रामनाथ अधिकारीलाई घाटा हुनेछ र अर्कोतिर नेकपा एमालेका उम्मेदवारलाई फाइदा हुन सक्ने प्रवल सम्भावना छ । धादिङ जिल्लाको २ नम्बर क्षेत्रका गठबन्धन र कांग्रेसलाई जिताउन के गर्ने भन्ने कुरा नेतृत्वले विवेक पुर्‍याउनुभएन, समयमै मिलाउन सक्नुभएन भने मंसिर ४ गतेको मतदानको परिणामले त्यतिखेर के बोल्छ त्यही हुन्छ, पाख्रीनको अभिव्यक्ति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?