फ्रान्सेली ‘क्याथोलिक चर्च’ : तीन लाख तीस हजार बाल यौन दुव्र्यवहारको सिकार

Read Time = 3 mins

पेरिस । फ्रान्सेली क्याथोलिक चर्चले विभिन्न कालखण्डमा बाल यौन दुव्र्यवहार भएका स्वीकार गरेको छ । ७८ वर्षीय पादरी जीन–पियरले ३५ वर्षअघि एक जना १४ वर्षीया किशोरीलाई दुर्व्यवहार गरेको स्वीकार गरेपछि ईश्वरका घरमा भएका ती निन्दनीय कृत्य सार्वजनिक भएका हुन् ।

दक्षिणपश्चिमी फ्रान्सको बोर्डोको आर्कबिशपले ‘पैँतीस वर्षअघि म पादरी हुँदा १४ वर्षकी युवतीसँग मैले निन्दनीय व्यवहार गरेको थिएँ । मेरो व्यवहारले पीडितमा गम्भीर एवं अप्रिय परिणाम निम्त्याएको छ’, उनले लिखित स्वीकारोक्तिमा भनेका छन् । उनले पीडितसँग कुरा गरेको क्षमा याचना गरेको पनि बताएका छन् । आफूबाट भएको अपराधका निम्ति उनले अन्य सबैसँग पनि माफी मागेका छन् ।

गत वर्ष एक स्वतन्त्र आयोगद्वारा जारी गरिएको एक अध्ययनले बितेका ७० वर्षमा फ्रान्समा पादरी वा चर्च-सम्बन्धित अन्य व्यक्तिले तीन लाख ३० हजार बाल यौन दुव्र्यवहार गरेको खुलासा भएपछि धार्मिक कर्तव्यबाटच्युत हुनेविरुद्ध निगरानी थालिएको छ भने गिर्जाघरहरूमा पनि नियमितरूपमा कानुन कार्यान्वयन निकायबाट अनुगमन हुने गरेको छ ।

फ्रान्सेली विशप सम्मेलनका अध्यक्ष एरिक डे मौलिन्स-ब्युफोर्टले बहालवाला विशप र पूर्वविशप, फ्रान्सेली न्याय वा चर्च अधिकारीहरूले अनुसन्धान गरेका विभिन्न घटनाहरूमा यौन दुव्र्यवहारका घटना अधिक भेटिएका बताएका छन् । बाल यौन दुव्र्यवहारका पीडितहरूलाई आर्थिक क्षतिपूर्तिको व्यवस्था पनि हुन थालेको उनले बताए ।

फ्रान्सको नेशनल इन्स्टिच्युट अफ हेल्थ एण्ड मेडिकल रिसर्चले बालबालिकामाथि हुने यौन दुर्यवहारका घटनाको अनुसन्धानमा पनि पीडितहरूको मानसिक स्वास्थ्यमा नकारात्मक नतिजा पाइएको छ । रासस/एपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?