Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

भ्रष्टाचारलाई निर्वाचनबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक छ : चन्द्र भण्डारी

हिमालय टाइम्स
Read Time = 4 mins
A A- A+

काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आगामी निर्वाचनबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार गुल्मी निर्वाचन क्षेत्र नम्बर १ ले काठमाडौंमा आयोजना गरेको उम्मेदवार परिचय तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारील यस्तो बताउनुभएको हो ।

उहाँले नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार भएकाले आसन्न निर्वाचनबाट भ्रष्टाचारलाई निमिट्यान्न बनाउने शक्तिलाई विजयी गराउन आवश्यक रहेको बताउनु भयो । नेता भण्डारीले नेताहरुले लुटेको सम्पतीलाई फिर्ता गर्नुपर्ने दिन आइसकेको बताउनु भयो ।

उहाँले राजनीतिक दलहरुले नेपालमा रोजगारीको अवसरको खोजी नगरी युवाहरुलाई विदेश पठाउने गरेको भन्दै यस्ता तत्वहरुलाई निर्वाचनबाट जनताले पराजित गर्न आवश्यक भएको बताउनु भयो । नेता भण्डारीले नेपालले अहिले ७ खर्ब विदेशी ऋणको ब्याज तिरिरहेको र २२ खर्ब व्यापार घाटा रहेकाले देशको अर्थतन्त्रलाई सुधार गरी बलियो बनाउने शक्तिलाई जनताले निर्वाचनबाट चुन्नुपर्ने आवश्यक्ता भएको बताउनु भयो ।

उहाँले नेपाली राजनीतिमा बेइमान नेताहरु भएको बताउनु भयो । बेइमान नेताहरुका कारण देश र देशको सौन्दर्यलाई चिन्न नसकेको बताउनु भयो । उहाँले खरको छाना हालेर बस्नेहरुलाई गरिब भनेर बिस्थापित गर्ने र अहिले शहरमा खरकै छाना बनाएर करोडौं कमाइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई थाहा छ, नेपालको रोग के हो, नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार हो । अब जो सुकै होस्, जुन पार्टीको होस्, जतिसुकै ठूलो होस्, हामीले अब मंसिर ४ गते यी तत्वलाई पराजित गर्नुपर्छ, यो लुटेको सम्पती नेपाल आमालाई फिर्ता गर्नुपर्छ । युवाहरुलाई विदेश पठाएर नेपालमा अवसरको खोजी नगर्ने दोस्रो रोग हो । नेपाललाई रित्तै गर्ने, जोश छैन, जाँगर छैन । यसको निधान हामीले गर्नुपर्छ । आज हामी ७ खर्ब विदेशी ऋणको ब्याज तिर्दै छौँ । २२ खर्ब व्यापार घाटा छ । १२ खर्ब राजश्व उठ्छ जम्मा । कहाँबाट विकास गर्ने नेपालले । हाम्रा घरका बस्तीलाई हामीले गरिब बस्ती भनेर हेप्यौँ, तर अहिले शहरमा खरको छानोले छाएको टहरा बनाएर करोडौंको व्यापार गरिरहेका छन् । न हामीले देश चिन्यौँ, न त हाम्रो सौन्दर्य नै । हामी नेपाली भुमिका बेइमान सन्तान र नेताहरु हौँ । अब यसको अन्त्य हामीले गर्नुपर्छ र मंसिर ४ गते बिदाइ गर्नुपर्छ ।’

नेता भण्डारीले मुलुकलाई दुरावथामा पु¥याउने नेताहरुलाई आसन्न निर्वाचनबाट बिदाई गर्नुपर्ने बताउनु भयो । उहाँले आसन्न निर्वाचन आफूले जिते गुल्मी जिल्लालाई नमूना जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?