प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र पुग्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ४ मंसिरमा हनुे प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्याइएको छ ।

निर्वाचन आयोगका अनुसार देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो । पत्रसहितका ५८ प्रकारका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा ढुवानी गरिएको हो । अब त्यहाँबाट हरेक मतदान केन्द्रमा मतपत्र पुर्याइने छ ।

संघ र प्रदेशको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि दुई/दुई वटा मतपत्र छापिएका छन् । प्रत्यक्षका लागि तीन करोड ९७ लाख ८९ हजार पाँच सय र समानुपातिकका लागि चार करोड ६ लाख पाँच हजार मतपत्र छापिएको हो ।

देशभर एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन्  ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?