युभेन्ट्स चौथो स्थानमा उक्लियो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हेलास भेरोनालाई पराजित गर्दै युभेन्ट्स विश्वकप अघिको विश्राममा इटालियन सिरी ए को चौथो स्थानमा उक्लिएको छ ।

बिहीबार राति १० खेलाडीमा सिमित युभेन्ट्सले भेरोनालाई १-० ले पराजित गरेको हो । युभेन्ट्सको जितमा मोइस केअनले ६०औं मिनेटमा निर्णायक गोल गरे ।

खेलको अन्तिममा एलेक्स सान्ड्रोले रातो कार्ड पाउँदा युभेन्ट्स १० खेलाडीमा सीमित भयो ।

जितपछि युभेन्ट्स १४ खेलबाट २८ अंक सहित चौथो स्थानमा रह्यो । समान खेलबाट ३८ अंक बनाएको नापोली शीर्षस्थानमा छ । भेरोना रेलिगेशन क्षेत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?