एमालेले घरघरमा पैसा पुर्‍याउन थालेपछि विरोधीहरु आत्तिए : अध्यक्ष ओली

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 11 mins

कालिकाेट । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सरकार हुँदा ल्याएका लोकप्रिय कार्यक्रमका कारण विरोधीहरु आत्तिएको बताउनुभएको छ ।

आईतवार नेकपा एमाले कालीकोटले आयोजना गरेको चुनावी आमसभा लाई सम्बोधन गर्न कालीकोट रास्कोट पुग्नुभएका ओलीले सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो ।

एमालेले सामाजिक सुरक्षा कार्यक्रम ल्याएर घर घरमा पैसा पु-याउने काम थालेपछि अरु आत्तिए, विरोधीहरु झनै आत्तिए महिनाको सय रुपैयाँबाट थालेको वृद्ध भत्ता अहिले हरेक दिन १३३ रुपैयाँ भएको छ, उहाँले भन्नुभयो ।

सडकमा अलपत्र मानिसका लागि एमालेले काम गर्यो, बालबालिकाको उद्धार थाल्यो, पूर्वपश्चिम रेल र हुलाकी राजमार्ग एमालेले अघि बढायो, भारत वेष्ठित देशलाई चीनतिर पनि जोडेपछि विरोधीहरु आत्तिएको उहाँको भनाई थियो ।

उनिहरुले कम्युनिष्टको सरकार आयो भने अधिकार खोसेर लान्छ भन्ने भ्रमलाई एमालेले जनताका लागि काम गरेर चिरिदिएको  उहाँले बताउनु भयो ।

साथै अध्यक्ष ओलीले राष्ट्रिय सुरक्षा, नेपाल र नेपालीको रक्षाका लागि एमालेलाई भोट दिएर एमाले नेतृत्वको सरकार गठनमा सहयोग गर्न आग्रह गर्नुभयाे ।

नेपाली भूमिको सुरक्षा, दुर्गमका नागरिकको जीवनस्तरमा सुधार ल्याउन, देशको दिगो विकास गर्न र युवाको रोजगारी बढाउन एमालेलाई जिताउन उहाँले आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले देशमा गरेको विकास निर्माण, नेपालीको आयमा वृद्धि र चीनसँगको पारवहन सम्झौताले नेपाललाई अग्रगतिमा लगेको बताउनुभयो ।

देशको पक्षमा काम गर्न थालेपछि विरोधी शक्तिले एमालेविरुद्ध षडयन्त्र गरी सरकार ढालेको उहाँकाे भनाइ थियाे । एमालेविरुद्ध धेरै भ्रम सिर्जना गरेर पटक पटक एमाले र सिङ्गो कम्युनिष्ट आन्दोलनविरुद्ध षडयन्त्र भएको उहाँको टिप्पणी छ ।

दुईतिहाइ नजिकको कम्युनिष्ट सरकारलाई ढाल्न प्रतिक्रान्ति शक्ति लागेर आफू नेतृत्वको सरकार ढालेको उहाँले चर्चा गर्नुभयो । मङ्सिर ४को निर्वाचनले देश बनाउने शक्तिलाई जिताउने अवसर भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले थप्नुभयो, “अदालतको बलबाट बनेको सरकारले जनताको पक्षमा काम गर्न सकेन, अब यसलाई निर्वाचनबाटै बिदा गर्नुपर्छ ।” सत्ता गठबन्धनको संयुक्त चुनावी घोषणापत्र नरहेको टिप्पणी गर्नुहुँदै अध्यक्ष ओलीले निर्वाचन जितेमा कुन घोषणापत्र कार्यान्वयन हुने प्रष्ट नरहेको बताउनुभयो ।

देश बनाउने शक्ति एमाले मात्र भएकाले मतदान गर्न उहाँले आव्हान गर्नुभयो । देशसँगै कालीकोटमा एमालेले बहुमतसाथ जित्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । हामीसँग जनता साथमा छन् । समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई सार्थक बनाउन जनताको साथ अपरिहार्य रहेको उहाँले चर्चा गर्नुभयो । देशको अवस्था बिग्रन नदिन एमाले नेतृत्वको सरकार अनिवार्य रहेको उहाँको भनाइ छ ।
सम्बोधनकै क्रममा अध्यक्ष ओलीले जनतालाई मन्त्रीभन्दा विकास चाहिएको बताउनुभयो । एमाले नेतृत्वमा सरकार बनेमात्र दुर्गममा विकास हुने चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “जनतालाई मन्त्री होइन, विकास चाहिएको छ । खानेपानी, सडक, अस्पताल र राम्रो शिक्षा आर्जन गर्ने शिक्षालय चाहिएको छ ।” दुर्गम क्षेत्रको विकास गर्न दुर्गमकै प्रतिनिधित्व अनिवार्य भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले आफ्नो पार्टी आगामी सरकारको नेतृत्व गर्ने अवसर पाएमा दुर्गमको विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो ।

जनताका छोराछोरीलाई सहिद बनाउने प्रचण्ड नै हुन्

अध्यक्ष ओलीले मान्छेलाई सहिद बनाउने तर सहिद परिवारलाई नहेर्ने प्रचण्ड ’घाती’ मान्छे भएको आरोप लगाउनुभएको छ । आमसभालाई सम्बोधन गर्दै द्वन्द्वमा मान्छेलाई जबरजस्ती सहिद बनाउने, घाइते बनाउने, बेपत्ता पार्ने तर उनीहरुका परिवारलाई व्यवस्थाप गर्ने प्रचण्ड धोकेबाज भएको आरोप लगाउनु भएको हो । उहाँले जनताका छोरा छोरीहरुलाई सहिद, अपांगता र बेपत्ता बनाएर प्रचण्डले आफ्ना परिवारलाई अवसर दिएको बताउनुभयो ।

ओलीले आफु संसद विघटन गरेर एमालेले प्रतिगमन नगरेको दावी समेत गनुभयो । उहाँले भन्नुभयो । ’दुई तिहाई कम्युनिष्टको सरकार ढाल्न प्रतिक्रियाबादीहरुको प्रचण्ड मतियार भए । त्यसका विरुद्ध न्याय खोज्दै जनताका बीचमा जान संसद विघटन गर्नु परेको उहाँले बताउनु भयाे। ' सिद्धिन लागेको माओवादी बचाउन औंला समाउन दियौँ । हिडायौँ प्रचण्डलाई सहअध्यक्ष बनाएको थिएँ । विशाल पार्टीको नेता बनाएँ । प्रगतिशील बाम शक्ति बनाएर देश बनाउने शक्ति निर्माण गरेका थियौँ । सबै ठाउँमा आफू अल्पमत पर्ने गरी विश्वासले प्रचण्डलाई स्थान दिएँ । बहुमत पाउने वित्तिकै लोभी पापीले बद्मासी गरे' उहाँले भन्नुभयो ।

ओलीले प्रचण्डले आफ्ना आसेपासेलाई मन्त्री बनाउँछु भन्दै हिँडेको आरोप लगाउनुभएको छ । ओलीले भन्नुभयो, ’दुई तिहाई सरकारका विरुद्ध षड्यन्त्र भएपछि जनताका बीचमा जानु प्रतिगमन होइन । अग्रगमन हो । सांसदले प्रधानमन्त्री बनाउने हो । अदालत गएर जालझेली गरी प्रधानमन्त्री बनाउनु विधिविपरीत हो । प्रचण्ड विश्वलाई ढाँटे्न पछि पर्दैनन् । उनी केही समय अगाडि जापान जाँदा त्यहाँका पूर्वप्रधानमन्त्री जो नेपाल आएका थिएनन् । उनको नेपाल भ्रमणका बेला आफूसँग तीन पटक भेटेको र राम्रो मित्रता भएको भनेर दुनियाँसामु ढाँटेका थिए । त्यसरी नै अहिले जिल्ला जिल्लामा गएर मन्त्री बनाउँछु भन्दै ढाँड्दै हिँडेका छन् । प्रचण्डले आफ्ना आसेपासेलाई मन्त्री बनाउँदा जनताले के पाउँछन् । जनताले विकास र समृद्धि पाउन एमाले जित्नुपर्छ । ’

राष्ट्रियता, स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हितको संरक्षण गरी देशको गौरब ढाउने निर्वाचन हो । फुटेका हाडीका खप्टा जोडेर बनाएको गठबन्धनले जनताका हितभन्दा आफ्नो स्वार्थ मात्र हेरेको छ ।

देश विकासका लागि एमालेले जित्नै पर्ने उहाँको भनाइ छ । ’कालीकोट दुर्गम जिल्ला । यहाँ पक्की सडक अझै पुगेको छैन् । कच्ची सडक पक्की बनाउनुछ । विकटतालाई सुगमतामा परिर्णत गर्नुछ । यसका लागि एमालेले चुनाव जित्नुपर्छ । उहाँले थप्नुभयो,। ‘यो निर्वाचन विगतको जस्तो होइन, असाधारण महत्वको फैसलाको निर्वाचन हो । मुलुकलाई दिशा निर्देश गर्ने हो । राष्ट्रियता, स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हितको संरक्षण गरी देशको गौरब ढाउने निर्वाचन हो । फुटेका हाडीका खप्टा जोडेर बनाएको गठबन्धनले जनताका हितभन्दा आफ्नो स्वार्थ मात्र हेरेको छ । यी विकाउ मालहरुलाई जनताले आगामी मंसिर ४ को चुनावबाट ठेगान लगाउनुपर्छ । कम्युनिष्ट आन्दोलन बर्बाद हुनबाट जोगाएका छौँ । यसलाई थप बलियो बनाउनुछ । ’

उहाँले २०५१ सालमा एमालेको सरकारले ल्याएको ’आफ्नो गाउँ आफै बनाऔं’ भन्ने कार्यक्रबाट भएको गाउँ विकासबाहेक खासै परिवर्तन नभएको बताउनुभयो ।, उहाँले भन्नुभयो’ त्यतिबेला एमाले सरकारले गाउँको विकासको सुरुवात गरेको थियो । वृद्ध भत्ता दिएर नागरिकको सामाजिक सुरक्षा बढाएको थियो । यसले विपन्न नागरिकको लागि ठूलो राहत पुगेको छ । अहिले वर्षको १ हजार ५ सय सेनेटरी प्याड खरिद गर्नका लागि महिलालाई नगद दिने प्रतिबद्धता गरेका छौँ । अन्य विकास र समृद्धिका एजेण्डाहरु हामीले अगाडि सारेका छौँ । यी सबै सपनाहरु साकार बनाउन जनताको बीचमा आएका छौँ । तपाईंहरुले एमालेलाई साथ दिनुस्, हामी समृद्धि दिनेछौँ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?