हुम्लाका २४ मतदानस्थल अतिसंवेदनशील

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि हुम्लाको २४ वटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा रहेका छन् । जिल्लाको सातवटै स्थानीय तहमा रहेका ५८ वटा मतदान केन्द्र र ५९ वटा मतदानस्थलका २४ वटा मतदानस्थललाई अतिसंवेदनशील ठहर गरिएको हो ।

प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला हम्लामा १२ सामान्य, २२ सम्वेदनशील र २४ मतदानस्थललाई अतिसम्वेदनशील ठहर गरिएको प्राुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिनुभयो ।

वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको विश्लेषण र जिल्ला सुरक्षा समितिले अन्य वस्तुुस्थिति मूल्यांकन गर्दा ती मतदानस्थललाई सुरक्षाका हिसाबले अतिसंवेदनशील र सवेदनशील ठहर गरेको हो ।

अतिसंवेदनशील ठहर गरेका गाउँपालिकाका २४ मतदानस्थलमा नाम्खामा पाँच वटा, सिमकोटमा चार वटा, खार्पुनाथमा दुुई वटा, सर्केगार्डमा चार वटा, चंखेलीमा चार वटा, अदानचुलीमा एक वटा र ताँजाकोटमा चार वटा छन् । अतिसंवेदनशील ठहर गरेका ती मतदानस्थलमा विशेष सुरक्षाको व्यवस्था गरिएको बताइएको हो । मतदान कार्यका लागि सुरक्षाकर्मी पनि त्यहीअनुुसार खटनपटन हुनेछन् । त्यसैगरी समितिले २२ वटा मतादनस्थललाई संवेदनशील क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ ।

संवेदनशील मतदानस्थलमा गाउँपालिका अनुुसार नाम्खामा तीन वटा, सिमकोटमा दुुई वटा, खार्पुनाथमा दुुई वटा, सर्केगार्डमा चार वटा, चंखेलीमा चार वटा, अदानचुलीमा पाँच वटा र ताँजाकोटमा दुुई वटा छन् । यता कुलमध्ये १२ वटा मतदानस्थललाई सामान्य रुपमा वर्गीकरण गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?