तेहरान । एसियाली राष्ट्र इरानले कतार विश्वकप-२०२२ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक कार्लोस क्विरेजले २५ सदस्यीय अन्तिम टोली घोषणा गर्नुभएको हो । इरानी टोलीको गोलकिपरमा अलिरेजा बेइरानभाड, अमिर बदेदजादेह, होसेन होसेइनी र पायम निएजमान्ड, डिफेन्डरमा एहसान हाजासाफी, मोर्तेजा पाउरालिगान्जी, रामिन रेजाइन, मिलद मोहम्मदी, होसेन कानाजिजादेगन, शोजाई खालीजादेह, सादेघ मोहरामी, रोउजबेह चेस्मी, मजिद होसेनी र अबोलफजल जाली रहनुभएको छ ।
मिडफिल्डरमा भहिद अमिरी, अलिरेजा जाहानबाख्स, साइद एजातोलाही, मेहदी तोराबी, सामान घोडोस, अली घोलिजादेह, अहमद नोउरोलाही र हलि करिमी तथा फरवार्डमा करिम अन्सारीफार्द, सर्दार अजमोन र मेहदी तारेमी हुनुहुन्छ ।
विश्वकपको समूह ‘बी’ मा इरानसँगै इंग्ल्याण्ड, वेल्स र अमेरिका छन् । नोभेम्बर २१ मा ग्यारेथ साउथगेटको इंग्ल्याण्डविरुद्ध खेल्दै इरानले विश्वकपको सुरुवात गर्नेछ । त्यसपछि इरानले २५ नोभेम्बरमा वेल्ससँग त्यसको चार दिनपछि अमेरिकासँग खेल्नेछ ।
यस्तै, अर्को एसियाली टोली दक्षिण कोरियाले इंग्लिस क्लब टोटेनहम हटस्परका फरवार्ड हृयुङ मिन सनको कप्तानीमा विश्वकप टोली घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक पाउलो बेन्टोले सनको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गर्नुभएको हो । टोलीको गोलकिपरमा किम सेउङ-ग्यु, जो हृयोन वु र सङ बम किन रहनुभएको छ ।
यस्तै, डिफेन्डरमा किम मिन जाई, किम जिन सु, होङ चुल, किम मुन हृवान, युन जोङ ग्यु, किम योङ ग्वन, किम ताए हृवान, क्वोन क्युङ वोन र चो यो मिन हुनुहुन्छ । मिडफिल्डरमा जङ वु-योङ, ना साङ हो, पाइक सेउङ हो, सन जुन हो, सोङ मिन-क्यु, क्वोन चाङ हुन, ली जे सुङ, हृवाङ हे चान, हृवाङ इन बियोम, जेअङ वु यङ र ली काङ इन र फरवाडमा हृवाङ उइ जो, चो गुए सुङ र हृयुङ मिन सन हुनुहुन्छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच