देउडा गायक कडायतको निधन

Read Time = 1 min

काठमाडौं । देउडा गायक हरिश्चन्द्र कडायतको मस्तिष्कघातका कारण निधन भएको छ । गायक कडायतको बुधबार निधन भएको गीतकार तथा संगीतकार राजेन्द्र शाह बीपीले जानकारी दिनुभयो ।

कडायतको ५४ वर्षको उमेरमा निधन भएको हो । मष्तिस्कघाटका कारण उहाँको पछिल्लो एकसाता दिनदेखि नवजीवन अस्पतालमा राखेर उपचार भइरहेको थियो । तर त्यहाँबाट स्वास्थ्यमा सुधार नदेखिएपछि उहाँलाई धनगढीकै प्रादेशिक अस्पतालमा लगियो । तर निधन भयो ।

उहाँको बिहान ९ बजे सेती प्रादेशिक अस्पताल धनगढीमा निधन भएको हो । सुदूरपश्चिमको बझाङमा जन्मिनु भएका देउडा गायक कडायत २०५० देखि ०६० को दशकका लोकप्रिय हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?