अर्घाखाँचीमा चार पार्टीका चार नेता एउटै मञ्चमा, अडान भने आ–आफ्नै

हिमालय टाइम्स
Read Time = 7 mins

-श्याम घिमिरे
अर्घाखाँची । अर्घाखाँचीमा चार पार्टीका चार नेता एउटै मञ्चमा उभिएका छन् । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटबवले आज (बुधबार) सन्धिखर्कमा आयोजना गरेको शान्त,स्वच्छ र निश्पक्ष निर्वाचनकालागी हाम्रो अभियान कार्यक्रममा मनतब्य राख्न चार पार्टीका चार नेता एउटै मञ्चमा उभिएका हुन् ।

कार्यक्रममा मनतब्य राख्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव डिलाराम आचार्यले एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई÷दुई पटक संसद विघटन गरेका कारण संविधानको रक्षा गर्न गठबन्धन बनाउनु परेको बताउनभयो । आचार्यले स्थायी शान्ति र लोकतन्त्रको संस्थागत विकासका लागि गठबन्धनले चुनावी एकता गरेको भन्दै निर्वाचनपछि पनि यसको निरन्तरता कायम रहेने बताउनुभयो । आचार्यले एमालेलाई गठबन्धनको चिन्ता नगर्नपनि आग्रह गर्नुभयो ।

एमाले केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वलले एमालेले अर्घाखाँचीमा अत्याधिक बहुमतले विजयी हासिल गर्ने दाबी गर्नुभयो । खड्काले एमालेका उमेद्वारहरुले जित्ने प्रशस्त आधार संगै एमालेको पक्षमा जनलहर भएकोले समृद्ध अर्घाखाँची निर्माणगर्न एमालेले जित्न आवश्यक रहेको बताउनुभयो । उहाँले जिल्लामा एमालेका नेता र जनप्रतिनिधिहरुको अग्रसरतामा थुप्रै बिकास निर्माणका कामहरु भएको र ति कामहरुलाई पुर्णता दिन एमालेले जित्नैपर्ने बताउनुभयो ।

काँग्रेस नेता रेवती प्रसाद भुसालले राजनितिक दलहरुले देशमा राजनिति शब्दलाई गलत तरीकाले अर्थ लगाउदा राजनितिमा बितिष्णा पैदा भएको बताउनुभयो । भुसालले जिल्लाको रहेक बिकास निर्माणमा सबैको भुमिका रहेको भन्दै किकास निर्माणलाई कसैले मागीखाने भाँडो बनाउन नहुनेमा जोड दिनुभयो । भुसालले जिल्लामा गठबन्धनका उमेद्वारहरुलाई जिताउन आग्रह समेत गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य आलोक रायमाझीले नेकपा एमाले पार्टी नभई केपी ओलीको क्लव रहेको आरोप लगाउनुभयो । उहाँले जिल्लामा बिकास निर्माण भयो भनेर गफ गरेपनि बिकास निर्माण हुन नसकेको भन्दै जिल्लाको समग्र बिकासकोलागी गठबन्धनले जित्नुपर्ने बताउनु भयो । रायमाझीले गठबन्धनले देशभर दुइतिहाई ल्याउने ठोकुवा समेत गर्नुभयो । कार्यक्रम रिपोर्टस क्लव नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र पत्रकार शन्तोष केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
संगै यो पनि

प्रतिनिधिसभाको एकमात्रै निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा प्रतिनिधि सभातर्फ नेकपा एमालेबाट टोपबहादुर रायमाझी र वाम लोकतान्त्रकि गठबन्धनबाट पुष्पा भुसाल सहित नेपाल मजदुर किसान पार्टीका सतेज दुवाल, राप्रपा नेपालबाट खलिल मियाँ, जनसमाजबादी पार्टी नेपालबाट पीताम्बर अर्याल,जनता समाजवादी पार्टी नेपालबाट नेत्र बहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरी प्रसाद भुसाल, हाम्रो नेपाली पार्टीबाट दुर्गा बन्जाडे, मंगोल नेशनल अर्गानाइजेसनबाट पुर्ण बहादुर थापा,राप्रपाबाट होम नारायण बेल्वासे र राष्ट्रिय जनमुक्ति पार्टीबाट मघु बहादुर सारुले उम्मेदवारी दिनुभएको छ ।

यस्तै प्रदेश सभा (क) मा नेकपा एमालेबाट चेत नारायण आचार्य, गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका सागर केसी, राप्रपाबाट झबिन्द्र फुल्लेल,स्वतन्त्रबाट बिकरम खनाल, राजन नेपाली र बसन्त केसी उम्मेदवार बन्नुभएको छ ।

यस्तै प्रदेश सभा (ख) का लागि र नेकपा एमालेबाट रामजी प्रसाद घिमिरे, गठबन्धनबाट नेपाली काँग्रेसबाट कमल प्रसाद भुसाल, राप्रपाबाट चेतबहादुर पौड्याल, जनता समाजवादी पार्टी, नेपालबाट टुक बहादुर चेवाली र स्वतन्त्रबाट बाबुराम रोका मगर, खेतुलाल उपाध्यय र चिरन्जिबी अर्याल उमेद्वार बन्नु भएको छ ।

प्रदेश सभा (क) मा नेकपा एकिकृत समाजबादीबाट उमेद्वारी दर्ता गराउनुभएका राम बहादुर चौहानले भने आफ्नो उमेद्वारीलाई निश्क्रिय बनाई गठबन्धनका सागर केसीलाई समर्थन गरेको यस अघिनै घोषणा गर्नुभएको छ ।

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचको नतिजा हेर्दा जिल्लाका ६ स्थानीय तहमा प्रमुख र उप–प्रमुखगरी १२ पदमध्ये ८ पदमा एमालेले बिजयी हासील गरेको छ भने काँग्रेसले २ प्रमुख , राजमोले १ प्रमुख र नेकपा माओबादी केन्द्रले १ उपप्रमुखमा विजयी हासील गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?