स्किलको सेवा एप बेटा भर्सन

Read Time = 2 mins

काठमाडौं । घरबेटी कन्ट्र्याक्ट, स्थानीय सरकारका नियमित सूचना, स्थानीय बजारसँगको पहुँच र घरमा देखापर्ने सम्पूर्ण समस्या समाधान गर्ने उद्देश्यले स्किल सेवाले सेवा एपको बेटा भर्जन ल्याएको छ । जसको प्रयोग गरेर केही समयमै डेरावालसँग मोबाइलबाट सम्झौतापत्र बनाउन सकिनेछ ।

साथै मासिक बहालसम्बन्धी जानकारी जस्तै महिनाबारी बहाल रकम, विद्युतीय खर्च, पानी, फोहोर संकलन जस्ता अन्य रकम पनि डिजिटली एपमै राख्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले सेवा एप कस्टमर र प्रोभाइडटर गरी दुईवटा एपकोे बेटा भर्सन ल्याएको हो । कम्पनीका अनुसार सेवा एप कस्टमर घरबेटी लक्षित रहेको छ भने प्रोभाइडर एप प्लम्बिङ, इलेक्ट्रिसियन, पेन्टिङ जस्ता ३० भन्दा धेरै सेवा दिने दक्ष जनशक्तिका लागि बनाइएको एप हो ।
ग्राहकले कुन सामान कुन पसलमा पाउन सकिन्छ र कति मूल्य पर्छ भन्ने जानकारी मोबाइलबाट नै थाहा पाउने भएकाले समय र पैसाको बचत गर्न सक्ने कम्पनीको दाबी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?