धारा नेपालगञ्ज म्याराथनको आठौं संस्करणको तयारी अन्तिम चरणमा

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 7 mins

बाँके । सदभावको शहर भनेर परिचित नेपालगञ्जमा यहि मंसीर २४ गते धारा नेपालगञ्ज म्याराथनको आठौं सस्करण हुने भएको छ ।

विभिन्न धार्मिक मन्दिर, छिमेकी देश भारत संगको सम्बन्ध , विभिन्न समुदायको मिश्रित बसोवास भएको हुँदा सदभावको सहर नेपालगञ्जमा अन्तराष्ट्रिय म्याराथनले मान्यता दिएपछि उत्साहित हुदै यस पटक विभिन्न ११ विधामा स्पर्धा हुने धारा नेपालगञ्ज म्याराथनको आठौं संस्करणको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । साथै आयोजकले म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स) को क्यालेन्डरमा समाबेश भएपछिको पहिलो पटक हुन लागेको आठौं धारा नेपालगञ्ज म्याराथनलाई पर्यटन संग जोडिएको नेपालगञ्ज म्याराथनका अध्यक्ष टिएस ठकुरीले बताउनु भयो ।

तयारीको विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपालगञ्ज म्याराथनका अध्यक्ष टिएस ठकुरीले नेपालगञ्जवासीहरुका लागी यो अवसर भएको हुदा यसलाई सम्पन्न गर्न तथा नया खेलाडी उत्पादन गर्नका लागी उत्सवको रुपमा लिनुपर्ने बताउनु भयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नेपालगञ्ज म्याराथनले अन्तराष्ट्रिय स्वरुप ग्रहन गर्नु नेपालगञ्जवासीका लागी गौरवको बिषय भएको हुँदा यसलाई आन्तरिक तथा बाह् पर्यटन संग जोडन सके आर्थिक सामाजिक रुपमा प्रगति गर्न सकिने बताउनु भयो । टाइटल स्पोन्सर धारा तेलको उत्पादन केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगडले धारा तेल र म्याराथनको सम्वन्ध अन्योन्याश्रित रहेको बताउदै सहकार्य गरेर अगाडि बढने र अन्तराष्ट्रिय जगतमा नेपालको उत्पादनहरुको बजार विस्तार गर्न आजको आवश्यकता भएको समेत बताउनु भयो । नेपालगञ्ज म्याराथनका संरक्षक सदस्य सञ्जय सिंह, इभेन्टका सिओ सौगातविक्रम शाह, अन्तराष्ट्रिय संयोजक तिर्थ ओली लगायतकाले मान्यता पाएपछि थप उत्साहित भएको हुँदा यसलाई सदुपयोग गर्नु पर्ने बताउनु भयो ।

दश वर्षे द्धन्द्धलाई औपचारिक विट मार्दै तत्कालिन अवस्थामा विद्रोहि र राज्यविच बृहतशान्ति सम्झौता भएको दिन मंसीर ५ गतेलाई स्मरण गर्दै नेपालगञ्ज म्याराथनले २०७२ सालदेखि आफनो आत्रा आरम्भ गरेको हो । देशमा आम निर्वाचनका कारण यसपटक मंसीर २४ गते गर्न लागीएको हो । धारा नेपालगञ्ज म्याराथनमा खेलाडीहरुलाई नगद पुरस्कार तथा सम्मान पनि गरिने भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका अगाडी सुरु / समापन गेट रहने आठौं धारा म्याराथन जानकी गाँउपालिकाको केहि स्थान हुँदै कोहलपुर नगरपालिका देखि उत्तरतर्फ बानियाभार सम्म पुगेर पुन सोहि रुपटमा फर्कियर नेपालगञ्ज बजारको विपि चोक स्थित फिनिसिङ प्वाइन्टमा सम्पन्न हुने छ । यो रुटलाई यसै बर्ष देखि एम्सले मान्यता दिएको हो । प्रतियोगीतामा पुरुष तर्फ म्याराथन ( ४२.१९५किमी ) , महिला तर्फ हाफ म्याराथन ( २१ किमि ), १० किमि पुरुष खुल्ला, ५ किमि महिला खुल्ला, ५ किमि स्कुलस्तरीय छात्र, ३ किमि स्कुलस्तरिय छात्रा, किडस रन ( ८ वर्ष देखि १२ वर्ष उमेर समुह) , २ किमि कर्पोरेट रन, १ किमि ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । म्याराथन ( ४२.१९५किमी ) प्रथम पुरस्कार १ लाख ५० हजार रुपैया, दोस्रोलाई ६० हजार रुपैया, तेस्रो हुनेलाई ३० हजार रुपैया, चौथो हुनेलाई १५ हजार रुपैया, पाचौंलाई १० हजार रुपैया, छैटौं हुनेलाई ८ हजार रुपैया, सातौंलाई ७ हजार रुपैया र आठौं हुनेलाई ६ हजार रुपैया नगद प्रदान गरिने भएको छ । त्यसैगरी महिला हाफ म्याराथन तर्फ प्रथमलाई ६० हजार, दोस्रोलाई ३० हजार रुपैया, तेस्रोलाई १५ हजार रुपैया, चौथोलाई १० हजार रुपैया, पाचौलाई ८ हजार रुपैया, छैटौलाई ७ हजार रुपैया, सातौंलाई ६ हजार रुपैया र आठौं हुनेलाई ५ हजार नगद सहित पदक र प्रमाणपत्रले पुरस्कृत गरिने भएको छ । यसैगरी पुरुष १० किमि खुल्ला तर्फ प्रथमलाई ३० हजार, दोस्रोलाई १५ हजार, तेस्रोलाई १० हजार, तथा महिला ५ किमि खुल्ला तर्फ प्रथमलाई २० हजार, दोस्रोलाई १० हजार र तस्रो हुनेलाई ७ हजार प्रदान गरिने छ ।

यसैगरी विद्यालय स्तरिय ५ किलोमिटर छात्र दौडमा प्रथमलाई १० हजार रुपैया, दोस्रोलाई ७ हजार रुपैया र तेस्रोलाई ५ हजार रुपैया एंव ३ किमि छात्रा तर्फ प्रथमलाई १० हजार रुपैया, दास्रोलाई ७ हजार रुपैया र तेस्रोलाई ५ हजार रुपैया पुरस्कार प्रदान गरिने भएको छ । यसै गरी ह्लिचेयरमा शिर्ष ३ जनालाई १० हजार, ७ हजार र ५ हजार नगदले पुरस्कृत गरिने छ । कर्पोरेट रनतर्फका विजेतालाई पोखरा अन्तराष्ट्रिय म्याराथनको रन फर फनमा सहभागी समेत गराइने भएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?