स्याङ्जा २ मा पुनः मतदान गर्न माग

हिमालय टाइम्स
Read Time = 1 min

पोखरा । स्याङ्जा २ मा एमालेसहितका दलहरूले पुनः मतदानको माग गरेका छन् । सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै एमाले उम्मेद्वार पद्या अर्यालले पुनः निर्वाचनको माग गर्नुभएको हो । उहाँहरुले संयुक्त रूपमा निर्वाचन आयोगमा पत्र बुझाउनु भएको छ ।

गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेर मतदान गरेको आरोप एमालेले लगाएको छ । एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्यालले पनि पुनः मतदान हुनुपर्ने माग राख्नुभएको छ ।

चापाकोट नगरपालिकाका चारवटा बुथमा अप्रत्यासित मत खसेको र प्रहरी प्रशासन पनि गठबन्धनकै मतियार बनेको उहाँहरूको आरोप छ । यो क्षेत्रमा कांग्रेसका धनराज गुरुङ उम्मेदवार हुनु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?