भारतका निर्वाचन आयुक्तमा गोयल

Read Time = 1 min

नयाँदिल्ली । भारतको निर्वाचन आयुक्तका रूपमा अरुण गोयलले आफ्नो जिम्मेवारी सम्हाल्नु भएको छ । उहाँले सोमबार आफ्नो जिम्मेवारी सम्हाल्नु भएको हो । पूर्वकर्मचारी गोयल पञ्जाव क्याडरका १९८५ ब्याचका आइएएस अधिकारी हुनुहुन्छ ।

उहाँले गत शुक्रबारमात्रै उद्योग मन्त्रालयको सचिव पदबाट वीआरएस लिनुभएको थियो । त्यसपछि कानुन तथा न्याय मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै उहाँको नयाँ नियुक्तिको जानकारी दिएको हो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त सुशील चन्द्र यसै वर्ष मे मा अवकाश पाएपछि राजीवकुमार र अनुपचन्द्र पाण्डेले निर्वाचन आयोगको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?