काठमाडौं । कृषि विकास बैंकले ‘छोराछोरी जीवन समुन्नत खाता’ ल्याएकोे छ । यस खातामा २० वर्षसम्म रकम मुद्दती गर्दा २० गुणासम्म प्रतिफल पाउन सकिने बैंकले जनाएको छ । योजनामा समावेश हुन न्यूनतम पाँच वर्षदेखि २० वर्षसम्मको खाता खोल्नुपर्ने हुन्छ ।
पाँच वर्षको फरकमा यो खाता खोल्न सकिनेछ भने न्यूनतम पाँच हजार रुपैयाँदेखि बचत गर्न सकिनेछ ।
आफ्ना नाबालक छोराछोरी, धर्मपुत्र, धर्मपुत्री तथा स्थानीय निकायको सिफारिसका आधारमा अभिभावकले पालनपोषण गरेका बालबालिकासमेत सहभागी हुन पाउने यस योजनामा बैंकले तोकेको ब्याजदर कायम हुने र ग्राहकको खाता एक महिना तथा तीन महिनामा पुँँजीकरण हुँदै जाने बताइएको छ ।
खाता खोल्दा तय भएको ब्याजदर मुद्दती खाताको समयावधिसम्म अपरिवर्तनीय हुने र साँवा भुक्तानी खातामा ब्याज पुँजीकरण भई आउने रकमलाई गुणांकमा हिसाब गरी भुक्तानी मिति निर्धारण गरी भुक्तानी हुने बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच